Chhandi Khola Hydro going to start construction soon

    2085

    Chhandi Khola Hydroelectric Project(1.7 MW),  going to start construction soon.

    जलविद्युत् आयोजना बढ्दै

    lineoutलमजुङ, १४ कात्तिक – पछिल्लो समययता लमजुङमा जलविद्युत्् केन्द्रहरू एकपछि अर्को गर्दै निर्माण हुन थालेका छन् । जिल्लामा ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी र ४ मेगावाट क्षमताको खुदी खोलामा जलविद्युत् आयोजना निर्माण भई विद्युत् उत्पादन थालेपछि ५ मेगावाट क्षमताको सिउरीले पनि निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन थालेको छ ।
    यसैगरी जिल्लामा अहिले ४.४ मेगावाट क्षमताको राँधीले पनि आगामी पुस महिनाभित्र निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन थाल्ने जनाएको छ भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दीले पनि आयोजनाको निर्माणकार्य थालेको छ ।
    लमजुङमा लगानीमैत्री वातावरण र जलविद्युत्को उच्च सम्भावना भएपछि अन्य आयोजनहरू पनि निर्माणको दौरानमा छन् । यसैबीच हालसालै १.७ मेगावाट क्षमताको छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले आयोजना निर्माणको अनुमति लिएर वित्तीय व्यवस्थापनमा जुटेको छ ।
    पूर्वी लमजुङको फलेनी र बन्सार गाविसको बीच भएर बग्ने छ्याङ्दी खोलामा निर्माण गर्न लागिएको यो आयोजनाको २ महिनामा निर्माणको काम थाल्ने प्रवद्र्धक कम्पनी छ्याङ्दी खोला हाइड्रोपावरका साइड इन्चार्ज शरदकुमार पौडेलले बताए ।
    छ्याङ्दी खोलाको पानीलाई २ हजार १ सय मिटर लामो डिसेन्ड बनाएर प्रेसरपाइपको सहायताबाट फलेनी गाविसको वडा नम्बर १ दारिमबोटमा निर्माण गरिने विद्युत्गृहमा १ सय ७३ मिटर माथिबाट पानी ल्याएर खसालिने साइड इन्चार्ज पौडेलले बताए । आयोजनाले अहिले स्थानीय तहमा आवश्यक पर्ने जग्गा खरिद, विद्युत्गृह तथा इन्टेक स्थलमा ड्रिलिङको काम भइरहेको बताइएको छ ।
    २२ कारोडको लागतमा निर्माण गरिन लागेको १.७ मेगावाट क्षमताको यो आयोजनाले २ वर्षभित्रमा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्ने बताइएको छ । यो आयोजनासँगै दोर्दी करिडोरमा निर्माण हुने आयोजनाको संख्या ५ पुगेको छ ।