भैरहवाः लोडसेडिङ न्यून गर्ने नाममा भारतबाट खरिद गरी ल्याइएको विद्युत् न्युन भोल्टेजको रहेको पाइएको छ । न्युन भोल्टेजले गर्दा तराईका सीमावर्ती क्षेत्रका सहर प्रभावित भएका छन् ।
अहिले लोडसेडिङ घटाएर २ घन्टामा झारेका छांै, बाँकी समय भारतबाट आयात गरिएको विद्युत् वितरण गरिरहेका छांै, नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख मुनेन्द्र ठाकुरले भने । तर भारतबाट आयात विद्युत् न्युन गुणस्तरको रहेको र त्यसबाट कम भोल्टेज आउने गरेकाले सबैले सास्ती खेप्नु परेको छ ।
“अहिले विद्युत्ले धेरै दुःख दिएको छ । सोमबार घरमा पानी नचढेर १२ सय रुपैयाँमा जेनेरेटर भाडामा ल्याएर पानी चढाउनु प¥यो,” सिद्धार्थ सिमेन्ट उद्योगका महाप्रबन्धक अरुण अग्रवालले भने ।
अहिले लोडसेडिङ घटाउने नाममा कम भोल्टेजको विद्युत् हामी भैरहवावासीलाई दिइएको छ । खाली बत्ती बाल्न भएको छ । पंखा मुस्किलले घुम्छ, एसी, कुलर, फ्रिज चल्ने त कुरै नगरांै, त्यही बत्ती पनि १० पटक जान्छ, अग्रवालले भने ।
नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख मुनेन्द्र ठाकुर पनि भारतबाट आउने विद्युत् न्युन भोल्टेजको रहेको स्वीकार गर्छन् । अहिले भैरहवा र बुटवलको आधा क्षेत्र, लुम्बिनी तथा ग्रामीण क्षेत्रको अवस्था यही हो, यहाँमात्र होइन तराईका अधिकांश सहरमा यस्तै समस्या हो, ठाकुरले भने ।
रुपन्देहीमा आएको विद्युत् भारत विहार राज्यको मुजफ्फरपुरबाट आएको हो । यो स्थान यहाँबाट कम्तीमा पनि २५० देखि ३ सय किमि टाढा छ, त्यसैले यति टाढाबाट आउँदा स्वाभाविक रूपमा भोल्टेज ड्रप आउट आउने र यहाँ पनि बारम्बार ट्रिपिंगको समस्या देखिएको हो, ठाकुरले भने ।
१३२ केभीएको प्रसारणलाइनमा मुस्किलले ९६ देखि १०८ केभीसम्म विद्युत् आइरहेको ठाकुरको भनाइ छ । अहिले गण्डक पावर हाउस पनि बन्द छ, २५ अप्रिलदेखि खुल्ने कुरा छ, त्यो खुल्ने बित्तिकै त्यहाँबाट उत्पादन हुने विद्युत् यही प्रसारणलाइनमा जोडिने भएकाले भोल्टेज केही बढन सक्छ तर नेपालमा उत्पादित विद्युत् नआउँदासम्म समस्या भने उस्तै हो, हामीले चाहेर पनि केही गर्न सक्दैनांै, कार्यालय प्रमुख ठाकुरले भने ।
भारतीय विद्युत् नल्याउने हो भने कम्तीमा १२ घन्टा विद्युत् कटौती गर्नुपर्छ, त्यति समय विद्युत् कटौती भनेको १२ घन्टामात्र विद्युत् आउनु हो, ठाकुरले भने ।उता सैनामैना नगरपालिकाका स्थायी बासिन्दा तथा सञ्चारकर्मी अमृत गिरीले ९ वाटको सीएफल चिमसमेत नबल्ने गरी विद्युत् आउने गरेको बताए ।
बढदो सहरीकरण तथा औद्योगिकीकरणले गर्दा रुपन्देहीमा विद्युत् खपत बढी छ । उद्योग सञ्चालन, ठूला–ठूला होटल, बढदो गर्मीका कारण एसी, कुलरको प्रयोग बढी भएकाले पनि विद्युत् माग बढिरहेको र अहिले दैनिक आवश्यकतामात्रै १२० मेगावाट रहेको कार्यालय प्रमुख ठाकुरले बताए ।
स्रोत:कारोबार