अरुणमा थुनिएर ३ किमी बाँध बन्यो, ८० परिवार भएको गाउँ जोखिममा

    1130

    वैशाख ८, २०७४- संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए।

    बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए । उद्धारका लागि उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल  पुगिसकेको छ । अहिले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटनास्थल सदरमुकाम खादबारीबाट २ दिनको पैदलमा पर्छ ।

    प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार त्यसँ क्षेत्रमा नेपाली सेना पनि खटिइकेको छ । केही बेर पछि सेनाको हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गर्ने र थप सुरक्षाकर्मी उद्धारका लागि सदरमुकाम खाँदबारीबाट लैजाने उनले बताए । अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ ।

    स्रोत:कान्तिपुर