हिमालयन पावरको सेयर बाँडफाँट

    1398

    चैत्र १०, २०७३- हिमालयन पावर पार्टनरले आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको आईपीओ (प्राथमिक निष्कासन) बाँडफाँट गरेको छ । कम्पनीले अकित मूल्य सयका दरले १० लाख ६५ हजार ४ सय १७ कित्ता सेयर निष्कासन गरेको थियो ।

    उक्त आह्वानमा ९ हजार ४ सय ७४ आवेदनमार्फत ३१ लाख ४१ हजार, ९ सय ३५ कित्ता सेयर माग भएको थियो । तीमध्ये ९ हजार ४ सय ६८ जनालाई सेयर बाँडफाँट भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार सेयर बाँडफाँट गरेको हो ।

    बाँटफाँटमा नपरेको रकम फिर्ता भुक्तानी यही चैत १५ गतेदेखि दरखास्त आवेदनमा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा सोझै भुक्तानी गरिने कम्पनीले बताएको छ ।

    स्रोत:कान्तिपुर