स्युचाटारको ट्रान्सफर्मरमा समस्या आएपछि २० मेगावाट बिजुली आपूर्ति बन्द, केही स्थानमा ‘रोटेसन लोडसेडिङ’

    1248

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित ३६ एमभीएको ट्रान्सफरमको बुल्कोज रिलेमा अचानक समस्या आएपछि काठमाडौँ उपत्यकामा २० मेगावाट बिजुली आपूर्ति बन्द भएको छ।

    बिजुली आपूर्ति बन्द भएपछि नयाँ र पुरानो चाबहिल,  भक्तपुर, बनेपा, पाटन र स्युचाटार आदि क्षेत्रमा ‘रोटेसन’का आधारमा लोडसेडिङ भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

    उनका अनुसार रोटेसनका आधारमा ती क्षेत्रमा ३० देखि ४० मिनेटसम्म लोडसेडिङ भइरहेको छ ।
    प्राविधिकले मर्मतको काम सुरु गरिसकेकाले केही घण्टाभित्र अवस्था सामान्य हुने उनले जानकारी दिए ।

    स्रोत:बाह्रखरी