सौर्य विद्युत्त उत्पादन शुरु

    2964

    ३० असोज, काठमाडौ ।

    Solar-panal-1 युरोप अमेरिकामा सफल भएको सौर्य विजुलीको उत्पादन नेपालमा पनि शुरु भएको छ । ग्लोवल क्यापिटल इन्भेष्टमेण्ट कम्पनीले जापानको प्राविधिक सहयोगमा सौर्य विद्युत्त उत्पान शुरु गरेको जनाएको हो । कम्पनीले यही वर्षबाट काठमाडौंको रामकोटमा सौर्य विजुलीको उत्पादन सफलताकासाथ शुरु गरिसकेको छ ।

    कम्पनीका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएन) प्रमुख संरक्षक देवमान हिराचनले अबको वर्ष कृषि र सोलारको हुने बताउादै सौर्य र हावाबाट नेपालमा विजुली निकालेर नेपालीले भोग्नुपरेको लोडसेडिङ्ग समस्यालाई न्यनिकरण गरिने बताउनुभएको छ ।

    अध्यक्ष हिराचनले पानीबाट विजुली निकाल्दा बढी समय लाग्ने र खर्चिलो हुने जनाउादै त्यसको विकल्पकमा सोलार र हावाबाट विजुली निकाल्न थालिएको बताउनुभयो । ‘ठूला ठूला हाइड्रोपावरमा विदेशी कम्पनीले लामो समय लगाएर विद्युत्त निकाल्दा हामीलाई तत्काल आवश्यक विद्युत्त प्राप्त हुदैन ।’ हिराचनले भन्नुभयो, ‘चाँडो विद्युत्त उपलव्ध गराउन यो प्रविधि सस्तो र छिटो पनि छ ।’

    सरकारले आर्थिक वर्ष ०७०/७१ को वजेट भाषणमार्फत लोडसेडिङ्गलाई लक्षित गर्दै सौर्यउर्जा बनाउन लाग्ने कूल लागतको ४० प्रतिशत अनुदान दिने घोषणा गरिसकेको छ ।

    विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले ‘शहरी क्षेत्रमा सौर्य उर्जा जडान सम्बन्धी कार्यविधि, २०७०’ को मस्यौदा पनि तयार गरेको छ । मस्यौदा अध्ययन गरी थप सुझाव समेटेर निकट भविष्यमा पारित गर्ने गरी सरकारले मन्त्रालयका सह-सचिव गोकर्ण दवाडीवको संयोजकत्वमा उर्जा मन्त्रालय, स्थानीय विकास मन्त्रालय र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका प्रतिनिधि सम्मिलित समिति बनाएको छ ।

    यसैबीच लोवल क्यापिटल इन्भेष्टमेण्ट कम्पनीले नेपालकै कच्चा पदार्थवाट जैविक मल उत्पादन शुरु गरिसकेको छ । जैविक मलले रसायनिक मलको प्रयोगले मानिसको स्वास्थ्यमा परिरहेको प्रतिकूल प्रभाव रोक्ने जनाइएको छ । कम्पनीले जापानी प्रविधिवाट जैविक मलको उत्पादन आफ्नो वेवसाइट मार्फत जनाएको हो।

    Source : Online Khabar