अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

    1304

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा भदौ ३० मा सम्पन्न भएको छ । साधारणसभाले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    साधारणसभाले नयाँ सञ्चालक समिति पनि चयन गरेको छ । कम्पनीका नयाँ सञ्चालकहरुमा जिवन राज शाक्य, रमेश प्रसाद न्यौपाने, पूूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्का छन् । कम्पनीका आगामी कार्यक्रमहरुमा अन्य जलविद्युत कम्पनीहरुलाई प्राप्ति गर्ने र नयाँ आयोजनाहरु निर्माण गर्नका लागि एफपीओको माध्यमबाट थप शेयर पूूँजी संकलन गर्ने रहेको बताइएको छ ।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इञ्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नसिपछि नोकरीका अवसरहरु प्रदान गरिरहेको छ ।

    स्रोत: बाह्रखरी