सिद्धिखोला जलविद्युत आयोजनामा दुई बैंकले एक अर्ब बढी लगानी गर्ने

    2189

     इलाममा आयोजना स्थल रहेको सिद्धिखोला जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले रु एक अर्ब २७ करोड लगानी गर्ने भएका छन् ।

    कुल  १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युतमा ती बैंकले पचास पचास प्रतिशत हिस्सा लगानी गर्ने भएका हुन् ।

    लगानी गर्ने विषयमा सहमति भएको सो जलविद्युत् आयोजनाका अध्यक्ष केशवकुमार बुढाथोकीले जानकारी दिए ।

    जलविद्युत् आयोजनाका लागि १ अर्ब ८३ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ । बाँकी रकम भने लगानीकर्ताबाटै लगानी गरिनेछ ।

    इलामको रोङ गाउँपालिका वडा नं. १ को रम्याङस्थित सिद्धि खोलामा २३ मिटर लामो बाँध बाँधेर जलविद्युत आयोजना सञ्चालन गर्ने तयारी भएको छ ।

    जलविद्युत आयोजनालाई १६ कि. मि. लामो ३३ के. भी. प्रसारण लाइन निर्माण गरि नेपाल विद्युत प्राधिकरणको फिक्कल सव स्टेशनमा जडान गरिने छ । यस आयोजनाले वार्षिक ५५.७१ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ ।

    विसं २०७७ साउन अन्तिममा जलविद्युत आयोजना निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ ।

     

    -अर्थ संसार