सानिमा हाइड्रोले २१ करोडको सेयर जारी गर्ने

    3343

    Sanima_Mai_Hydropowerकाठमाडौं — नेपाल धितो पत्र वोर्डले सानिमा माइ हाइड्रोपावर कम्पनीलाई सर्वसाधारणलाई सेयर जारी गर्न स्वीकृति दिएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका नौं वटा गाविसका वासिन्दालाई सेयर जारी गरेको थियो।

    सानिमाइ माइसँगै कालिका माइक्रो क्रेडिट र मुक्तिनाथ लघुवित्त विकास बैंकले पनि सेयर जारी गर्न स्वीकृति पाएका छन् । कालिकाले प्राथमिक सेयर निस्कासन गर्न स्वीकृति पाएको हो भने मुक्तिनाथले हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो । सेयर जारी गर्न स्वीकृति पाएका तीन वटै कम्पनीले दुई महिनाभित्र निस्कासन गरिसक्नु पर्ने प्रावधान छ ।

    वोर्डका अनुसार, सानिमा माइले २१ करोड १० लाख रुपैयाँको प्राथमिक सेयर निस्कासन गर्न स्वीकृति पाएको छ । कालिका माइले २ करोड रुपैयाँ र मुक्तिनाथले प्रति सेयर १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएका छन् ।

    सानिमा माइले यअसघि आयोजनाबाट प्रभावित इलामका ९ वटा गाविसका वासिन्दाका लागि सेयर निस्कासन गरिसकेको छ । कम्पनीले इलामवासीलाई १० करोड ५५ लाख रुपैया” बराबरको सेयर जारिगरिसकेको छ । चुक्ता पुँजी बृद्धि गर्न सर्वसाधारणबाट २१ करोड १० लाख रुपैयाँ उठाउन कम्पनीले वोर्डसँग स्वीकृति पाएको थियो । वोर्डले बुधबार स्वीकृति दिएको हो ।

    सानिमा माइका प्रवद्र्धक सेयरधनीहरुले आयोजनामा ७३ करोड ८५ लाख रुपैया” लगानी गरिसकेका छन् । इलामवासी रकम उठिसकेको छ भने सर्वसाधारणबाट २१ करोड १० लाख रुपैयाँ उठेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ८० लाख रुपैयाँ पुग्ने छ । सेयर निष्काशनका लागि सानिमा माइले एनसिएम क्यापिटल मार्केटलाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

    कम्पनीले इलाममा २२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले चाँडै यही परियोजनाबाट सात मेगावाटको माइ क्यास्केड आयोजना पनि सुरु गर्ने योजना बनाएको छ । सानिमाले आयोजना निर्माण सुरु गरेपनि यसको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि कुनै संयन्त्र तयार भएको छैन ।

    सानिमाले सेयर वितरण गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुने यो पाँचौ कम्पनी हुने छ । अहिलेसम्म चिलिमे जलविद्युत्, नेशनल हाइड्रो, अरुण भ्याली र वुटवल पावर कम्पनी नेप्सेमा सुचिकृत छन् । नेशनल हाइड्रो वाहेक तीन कम्पनीको सेयरमा सर्वसाधारणको आकर्षण देखिएको छ ।

    सानिमा माइमा मुख्य प्रवद्र्धक गैरआवासीय नेपालीहरु छन् । गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष जीवा लामिछाने, अरुण ओझालगायत यस कम्पनीको प्रवद्र्धक छन् ।

    दुई करोडको सेयर निस्कासन अनुमति पाएको कालिका माइक्रो क्रेडिटको निस्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ । सेयर जारी गरिसकेपछि बैैंकको चुक्ता पुँजी पाँच करोड रुपैयाँ पुग्ने छ । मुक्तिनाथले भने सात लाख ३५ हजार कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धकमा ग्रोमोर मर्चेन्ट बैंकर छ ।

    यसैगरी वोर्डले सेन्चुरी कमर्सियल बैंक लिमिटेडलाई क्रेडिट रेटिङ गर्न निर्देशन दिएको छ । बैंकले ९२ करोड रुपैयाँको प्राथमिक सेयर निस्कासन गर्न वोर्डसँग स्वीकृति माग गरेको थियो। तीन करोडभन्दा वढीको सेयर निस्कासन गर्ने संस्थाले अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनु पर्ने प्रावधान छ।

    Source : Nagarik News