विद्युत नपुगेका स्थानीय तहमा विद्युत पुर्याउनेबारे पहल :सल्यान

    1327

    काठमाडौं , १७ साउन , २०७४ ।
    नेकपा माओवादी केन्द् सल्यानले विद्युत नपुगेका स्थानीय तहमा विद्युत पुर्याउनेबारे पहल गरिदिन ऊर्जामन्त्रालयलाई आग्रह गरेको छ । ऊर्जामन्त्रालयमा आज सल्यान माओवादी केन्द्रका संयोजक छहारीको नेतृत्वमा गएको टोलीले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई विद्युत नपुगेका स्थानीय तहमा विद्युत पुर्याई दिन आग्रह गरेको हो । टोलीले सल्यानको शारदा बबई विद्युत जलाशय आयोजनाको कार्यालय स्थापना गर्नेबारे छिटो पहल गर्न पनि माग गरेको टोलीमा सहभागी पूर्व सभासद उमाकान्त शर्माले जानकारी दिनुभयो । शर्माले स्थानीय तहदेखि सदरमुकामसम्म विद्युत लाईन जोड्ने बारे मन्त्री शाहीको ध्यानाकर्षण समेत गरेको बताउनुभयो । सल्यानका दार्मा, कुमाख र कालिमाटी गाउँपालिकामा अहिलेसम्म विद्युत पुगेको छैन ।