ऊर्जा र औषधि आविष्कारमा सफलता

    1373

    काठमाडौं । त्रिवि, जैविक प्रविधि केन्द्रीय विभागले ऊर्जा उत्पादन तथा खाद्य सुरक्षा कायम गर्न विभिन्न पेय पदार्थको उत्पादन र औषधिको विकास गरेको छ ।

    काठमाडौंमा सोमवार आयोजित पत्रकार सम्मेलनमा विभागका प्रमुख कृष्णदास मानन्धरले लामो समयको अध्ययन तथा अनुसन्धानपछि कार्बन डाइअक्साइड ग्यासबाट ऊर्जा र प्राङ्गारिक मल तथा मदिरा र बियरको उत्पादन गरिएको जानकारी दिए । यसैगरी जीवाणुलाई नष्ट गर्न सक्ने औषधिको विकास गरिएको जानकारी दिँदै उनले यसलाई औद्योगिकीकरण गर्न सकेमा मुलुकलाई ठूलो उपलब्धि हासिल हुने बताए । वरिष्ठ वैज्ञानिक डा. प्रमोद अर्यालको समूहले गाई, वस्तु तथा कुखुरालाई खुवाइने दानाका साथै कार्बनबाट इथानल (गाडीमा राख्न मिल्ने इन्धन) को आविष्कार भइसकेको बताउँदै यस क्षेत्रको थप विकासका लागि सरकारले केही लगानी गर्नुपर्नेमा जोड दिए । रासस