विद्युत् प्राधिकरणको प्रवक्तामा अधिकारी नियुक्त

    1752

    prabal-582080b27ab319-30589666

    काठमाडौंः विद्युत् प्राधिकरणले विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

    लामो समयदेखि प्रवक्ता नहुँदा सञ्चारकर्मी, उपभोक्ता र ग्राहकसित प्राधिकरणका गतिविधिबारे सूचना प्रवाह हुन नसकेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार अधिकारीलाई प्रवक्ता नियुक्त गरेका हुन्।

    प्राधिकरणको विद्युत व्यापार विषयमा प्राविधिक र आर्थिक पक्षबारे विशेष दक्षता राखेका इलेक्ट्रिकल इन्जिनियर अधिकारीले ऊर्जा संकट निवारण कार्ययोजना तर्जुमामा पनि योगदान पुर्‍याएका थिए।

    Source: The Annapurna Post