वर्षामा पनि लोडसेडिङ न्यूनतम ६ घण्टा

    3029

    Loadsheddingकाठमाडौं, ६ असार – सबै विद्युत्गृहबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा पनि यो वर्षामा लोडसेडिङ दैनिक ६ घण्टाभन्दा कम नहुने भएको छ । प्रणाली सञ्चालनमा अझै साढे ३ सय मेगावाट विद्युत् कम भएकाले लोडसेडिङ कायमै रहनेछ । गत वर्षामा पनि लोडसेडिङ दैनिक ६ घण्टा नै कायम भएको थियो ।
    हाल विद्युत्को माग दैनिक १ हजार मेगावाट छ भने आपूर्ति भारतबाट समेत गरी साढे ६ सय मेगावाटमात्र । भारतबाट १ सय मेगावाट हाराहारीमा विद्युत् आयात भइरहेको छ ।
    विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), मध्यमस्र्याङ्दी (७० मेगावाट) मस्र्याङ्दी (६९ मेगावाट), खिम्ती (६० मेगावाट), भोटेकोसी (४५ मेगावाट) लगायत सबै आयोजना पूर्ण क्षमतामा सञ्चालन भएका छन् ।
    “नदीको बहावमा आधारित (रन अफ दि रिभर) सबै विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन भइसकेका छन्,” प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीले भने, “कुलेखानी जलाशयमा पानीको सतहमा सुधार आए लोडसेडिङ एक घण्टासम्म घटाउन सकिन्छ नत्र भने यही अवस्था कायम रहनेछ ।” उनले यो पनि आगामी एक सातामा स्पष्ट हुने बताए ।
    क्षेत्रीका अनुसार हाल कुलेखानीमा पानीको सतह १ हजार ५ सय १२ मिटर छ । यो आयोजनाबाट दैनिक २ लाख युनिटसम्म विद्युत् उत्पादन भइरहेको क्षेत्रीले जानकारी दिए । कुलेखानीबाट लोडसेडिङ घट्ने सम्भावना न्यून रहेको उनले बताए ।
    मुलुकमा बर्सेनि विद्युत्को माग १ सय मेगावाट बढ्ने गरेको छ । यो वर्ष राष्ट्रिय प्रसारण प्रणालीमा साढे ३५ मेगावाट थप भइसकेको छ । अझै १७ मेगावाट थपिने क्रममा रहेको प्राधिकरणले जनाएको छ । भारतबाट पनि तत्काल थपिने अवस्था नरहेको क्षेत्रीले बताए ।
    गत साउनदेखि जेठसम्म भारतबाट विद्युत् खरिद गर्दा भएको ४४ करोड ४४ लाख रुपैयाँ नोक्सान पूर्ति गराउन प्राधिकरणले ऊर्जा मन्त्रालयलाई आग्रह गरेको छ । असोजमा ल्याइएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनामा यस्तो नोक्सानको क्षतिपूर्ति सरकारले बेहोर्ने व्यवस्था थियो । भारतबाट ६४ करोड ३६ लाख ६७ हजार युनिट बिजुली आयात गरिसकेको प्राधिकरणले जनाएको छ । यो वर्ष १ अर्ब ५ करोड युनिट बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।
    कार्ययोजनामा लोडसेडिङलाई दैनिक १२ घण्टामा सीमित गर्ने भनिए पनि माग र आपूर्तिमा ठूलो अन्तर आएपछि दैनिक १४ घण्टासम्म पुगेको थियो ।
    प्राधिकरणले २७ प्रतिशतमा रहेको चुहावट यो वर्ष ३ प्रतिशत घटाउने लक्ष्य लिए पनि अहिले २५ प्रतिशत छ । २ प्रतिशत बिजुली चुहावट घट्दा प्राधिकरणको आम्दानी ५० करोड रुपैयाँ बढ्छ । प्राधिकरणले चुहावटबाट मात्रै वार्षिक करिब ६ अर्ब २५ करोड रुपैयाँ आम्दानी गुमाउँदै आएको छ ।
    यसैबीच, प्राधिकरणले औद्योगिक क्षेत्रमा एक घण्टा लोडसेडिङ घटाएर दैनिक ७ घण्टा कायम गरेको छ ।

    प्रस्तुति: कारोबर

    ——————————————————————————————————————————————————————-

    Load-shedding not to drop below six hours a day

     

    KATHMANDU, June 20

    Load-shedding will not decrease below six hours a day this year despite all projects operating at full capacity as the national grid still is short of demand by 350 MW. Load-shedding had also remained six hours a day during the last monsoon.

    While the current demand of electricity is 1000 MW, supply is just 650 MW including around 100 MW imported from India. All the projects including Kaligandaki A (144 MW), Mid Marsyangdi (70 MW), Marsyangdi (69 MW), Khimti (60 MW), Bhotekoshi (45 MW) are operating at full capacity, according to the Nepal Electricity Authority (NEA). “All the run of the river projects are operating at full capacity,” Manager of the System Operation Department of NEA Bhuwan Kumar Chhetri confirmed.

    “Power cuts can be reduced by up to one hour a day if the water level at the Kulekhani Reservoir rises. It will remain as it is, otherwise,” he said and added that will be confirmed in the next one week. He, however, said that there is little chance of load-shedding decreasing further due to Kulekhani. He revealed that the water level at Kulekhani currently is 1,512 meters and 200,000 units of electricity a day is being generated from the project now. The demand of electricity rises by 100 MW a year and 35.5 MW has already been added to the national grid this year. NEA said that another 17 MW will soon be added but there is no chance of more import from India for now.

    NEA, meanwhile, has urged the Ministry of Energy to compensate for the loss of Rs 444.40 million suffered through import of electricity from India in the 11 months of this fiscal year. The Load-Shedding Minimization Work Plan brought last September has stated that the government will compensate the losses suffered thus. NEA said 643.66 million units of electricity has been imported from India this fiscal year while it is expecting to import 1.05 billion units in the coming year.

    The work plan had stated that load-shedding will be limited to 12 hours a day but it had risen to up to 14 hours a day due to the huge gap between demand and supply. Though NEA had targeted to reduce leakage, that was 27 percent at the start of the year, by three percent it is still 25 percent. NEA’S income has increased by Rs 500 million due to the two-percent fall in leakage. NEA has been losing around Rs 6.25 billion from leakages alone. Meanwhile, NEA has reduced load-shedding in the industrial areas by one hour to seven hours a day.

    Source : Karobar Daily