विद्युत् महशुल बढाउन प्रस्ताव

    2217

    Royality_of_hydro_power_projectsअसार ६, काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणले २० प्रतिशत महशुल बढाउन विद्युत् महशुल निर्धारण आयोगमा प्रस्ताव गरेको छ । राधिकरणको नोक्सानीलगायतका कारण देखाउँदै प्राधिकरणले मूल्य वृद्धिको प्रस्ताव गरेको विद्युत् महशुल निर्धारण आयोगका अध्यक्ष गणेशप्रसाद सुब्बाले अभियानलाई बताए । प्राधिकरणको घाटा कम गर्ने उद्देश्यले सो प्रस्ताव गरिएको स्रोतले बताएको छ । सुब्बाले भने, ‘प्राधिकरणको यस वर्षको घाटा करीब ५ अर्ब रुपैयाँ हुने अनुमान छ ।’गत वर्ष २० प्रतिशत विद्युत् महशुल बढाइएका कारण प्राधिकरणको घाटामा कमी आएको उनले बताए । त्यसअघि प्राधिकरणको घाटा वार्षिक करीब ७ अर्ब रुपैयाँ थियो ।

    प्राधिकरणले आयोगमा पेश गरेको प्रस्तावमा न्यूनतम महशुल रू.१०० तोकिएको छ । २० युनिटसम्म विद्युत् उपभोग गर्नेले सो शुल्क तिर्नुपर्ने छ ।

    प्रस्तुति: अस