युनियन हाइड्रोपावरले १४ करोडको सेयर निष्कासन गर्दै

    1219

    काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

    ३.३ मेगावाट क्षमताको मिदिमखोला आयोजना निर्माण गरिरहेको युनियनले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधरण सेयर निष्कासन गर्ने कम्पनीका अध्यक्ष किरण मल्लले जानकारी दिए । सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल लिमिटेड र आईसीआरएले काम गरिरहेको उनले बताए । उनका अनुसार आउँदो ४ महिनाभित्र सेयर निष्कासन हुनेछ । मिदिम आयोजना हाल निर्माणधिन अवस्थामा रहेको छ । आउँदो जेठसम्म सम्पन्न हुने उनले जानकारी दिए ।

    युनियनले २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

    Source: Baahrakhari