युनाइटेड मोदीले ५ करोड ७५ लाख नगद लाभांश दिने

    1869

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले संस्थापकतर्फ सञ्चालकमा नरेन्द्रबल्भ पन्त, सर्वसाधारणबाट सुवोध भट्टराई र रेनुका पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।