मध्यमस्र्याङ्दीको बाँधमा बालुवा अत्यधिक

    2422

    लमजुङ, १७ भदौ  – ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँध नदी घुमेको स्थानमा बाँधिएकाले बाँधस्थलमा अत्यधिक बालुवा जम्मा हुँदा आयोजना सञ्चालनमा समस्या आइरहेकोे छ । बाँधस्थलमा ‘मोडलिङ’ सही नहुँदा यो समस्या हरेका बर्ष दोहोरिँदै गएकोे बताइएको छ । पानीको बहावमा आधारित भएपनि पानी हुनुपर्ने स्थानमा अत्यधिक बालुवा जम्मा भएपछि विद्युत् गृहको टर्वाइन तथा अन्य भागहरूमा गम्भीर असर पार्ने गरेको छ । हरेक वर्ष परियोजनाको बाँधस्थल सफा गर्दा पनि बाँधस्थलमा ५ हजार ‘पीपीएम’ मात्र बालुवा हुनुपर्नेमा गत वर्ष २१ हजार ‘पीपीएम’ सम्म बालुवा जम्मा भएकोे थियो । नेपाल विद्युत् प्राधिकरणको ८ हजार पीपीएमभन्दा बढी बालुवा भरिएमा आयोजना सञ्चालन नगर्न र बालुवा हटाउन निर्देशन दिए पनि अहिलेसम्म बालुवा निकाल्ने काम भने भएको छैन । लमजुङ तथा मनाङमा गएका अधिकांश बाढी पहिरोका कारण गत बर्षको भन्दा यस वर्ष अझै बढी बालुवा बाँधस्थलमा थुप्रिएको स्रोतले बताएको छ । यस सम्बन्धमा जर्मन प्राविधिकहरूले अनुसन्धान सुरु गरेका छन् । गत वर्ष बाँधस्थलमा जम्मा भएको बालुवाले आयोजनाको बा“ध क्षेत्रमा रहेको सर्भिस गेट र लेफ्ट बैंकको रिप¥याप तथा बिद्युत् गृहमा रहेका इलेक्ट्रोमेकानिकलअन्तर्गतका टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, गाइडभेन, बटम रिङलगायतका मेकानिकल पार्ट्स बिग्रिएपछि मोटो रकम खर्चेर मर्मत गरिएको थियो । लामो भूमिगत सुरुङ र बालुवा थिग्राउने भूमिगत पोखरी बनाउँदा पनि बाँधस्थलबाटै धेरै बालुवा छिरेकाले यसको असर टर्वाइनमा परेको बताइएको छ ।

    प्रस्तुति: कारोबार