मध्यतमोर बनाउन साढे ९ अर्ब कर्जा लिने प्रस्ताव सभाबाट पारित, ७३ मेगावाटको आयोजना ०७८ मा सम्पन्न हुने

    1038

    सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत आयोजना निर्माणका लागि कर्जा लिने भएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभाले ९ अर्ब ५१ करोड रुपैयाँ कर्जा लिने प्रस्ताव पारित गरेको छ ।

    कम्पनीलाई बैंकको कर्जा सुविधा लिनका लागि बाटो खुला भएको छ । सभाले अगुवा तथा सहअगुवा बैंकसंग ऋण सम्झौता गर्न सभाले सञ्चालक समितिले अख्तियारी दिएको छ । आयोजना बनाउन १२ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंक ऋण लगानी हुनेछ ।

    उनले आयोजना २०७८ को मध्यमा सम्पन्न हुने जानकारी दिए । आगामी ४ वर्ष्भित्र आयोजना सम्पन्न हुने छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ऋण लगानी हुनेछ ।आयोजनाको सिभिल निर्माणको काम चीनको झेझाङ प्रोभिन्स नम्बर १ कम्पनीले सुरु गरिसकेको छ ।

    नदिनको वहावमा आधारितआयोजना ताप्लेजुङ जिल्लामा पर्छ । सानिमा समूहले ३१ मेगावाट क्षमताको विभिन्न ३ वटा आयोजना सम्पन्न गरेको छ । सानिमाले ५२ मेगावाटको तल्लोलिखु आयोजनाको काम सुरु गरिसकेको छ ।

    -विकासन्युज