भारतमा बिजुली मूल्य घट्दो

    2580

    नेपालबाट बर्खामा बेच्ने लक्ष्य घातक

    Royality_of_hydro_power_projectsकाठमाडौ, भाद्र ६ – भारतीय बजारमा मंगलबार एक युनिट बिजुली ८७ पैसासम्ममा किनबेच भयो । त्यहाँको मूल्य हेर्दा बर्खायाममा नेपालबाट बिजुली बेच्ने सम्भावना घट्दै गएको छ । इन्डियन इनर्जी एक्सचेन्जमा मंगलबार बिहान साढे ६ बजे एक युनिट बिजुली ८६ दशलमव ९९ पैसामा कारोबार भयो । जसअनुसार नेपालबाट यदि बिजुली बिक्री भएको भए उत्पादकले १ रुपैयाँ ४० पैसा मात्रै पाउने थिए ।

    ‘यहाँको उत्पादन लागत र त्यहाँको एक्सचेन्जको बजारमा मूल्य हेर्दा माग घट्दै गएको देखिन्छ,’ प्राधिकरणका एक अधिकारीले भने । एक्सचेन्जका अनुसार सोमबार बिहान साढे ६ बजे बिजुली ८८ पैसामा किनबेच भएको थियो । बुधबारको न्यूनतम मूल्य १ रुपैयाँ २५ पैसा थियो । बुधबारको अधिकतम मूल्य भने २ दशमलव ४९ भारु थियो । यी ३ दिनमा साढे २ रुपैयाँभन्दा बढी मूल्य पुगेको छैन । जुलाई र अगस्टमा बिजुलीको औसत मूल्य करिब डेढ भारतीय रुपैयाँ प्रतियुनिट रह्यो ।

    अबको ५ वर्षमा नेपालमा बिजुलीको माग १५ सय मेगावाट पुग्नेछ । विद्युत् प्राधिकरणले भने अहिल्यै १८ सय मेगावाट क्षमता बराबरका आयोजनासँग खरिद सम्झौता (पीपीए) गरिसकेको छ । प्राधिकरणका अनुसार थप २ हजार मेगावाटको पीपीएका लागि आवेदन परेका छन् । प्राधिकरण भने भारतमा माग नभएको भन्दै लिन मानिरहेको छैन । ‘हामीले कम्तीमा ४ रुपैयाँ ८० पैसामा किन्नुपर्छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यसलाई भारतमा बेच्दा निक्कै घाटा हुन्छ ।’

    भारतले आपै+mले जलविद्युत्मा ठूलो लगानी गरेपछि बर्खायाममा बिजुलीको आपूर्ति बढेर मूल्य घट्न थालेको हो । त्यहाँ करिब ३५ हजार मेगावाट बिजुली जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको छ । यी आयोजनामा अधिकांश रन अफ रिभर अर्थात् बर्खाको पानी बढी भएका बेला बढी उत्पादन गर्ने प्रविधिमा आधारित भएकैले बर्खामा आपूर्ति बढेको हो । वैकल्पिक ऊर्जाका स्रोतमा पनि लगानी बढाइरहेको छ ।

    यसलेे ५ वर्षपछि भारतमा नेपाली बिजुलीको माग थप घट्ने अनुमान विश्लेषकहरूको छ । तर निर्माणका क्रममा रहेका आयोजनालाई भारतबाहेक अन्यत्र उपयुक्त बजार छैन । यसबाट साना र ठूला दुवै आयोजना प्रभावित हुने देखिन्छ ।

    प्राधिकरणको सञ्चित नोक्सानी साढे १४ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष बिजुलीको भाउ २० प्रतिशत बढाउँदा पनि घाटा ४ अर्ब ५६ करोड भयो । प्राधिकरण घाटाको मुख्य कारण महँगोमा किनिएको बिजुली सस्तोमा बेच्नुलाई मान्दै आइरहेको छ ।

    प्राधिकरणले २५ मेगावाटभन्दा तलका आयोजनाबाट हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसामा बिजुली किन्छ । ठूला उत्पादकसँग वार्ताका आधारमा बिजुली किनिन्छ । सर्वसाधारणलाई बेच्दा भने औसतमा साढे ७ रुपैयाँमा बिक्री हुन्छ । खिम्ती र भोटेकोसी आयोजनाको बिजुली भने डलरमा किन्ने हँुदा डलरकै दरअनुसार तलमाथि हुन्छ । यी आयोजनाबाट मात्रै करिब ९० मेगावाट बराबरको बिजुली खरिद गरिन्छ ।

    यसैगरी निर्यात लक्षित गरेर उत्पादन गर्न खोजिरहेका माथिल्लो कणर्ाली, तामाकोसी तेस्रो र अरुण तेस्रो जस्ता आयोजनालाई पनि भारतको घट्दो मागले प्रभावित पार्नेछ । अहिले नै करिब ४ हजार मेगावाट क्षमताका आयोजना भारत निर्यात गर्ने गरी आयोजना विकास गर्न खोजिरहेका छन् । ‘अहिले अवस्था निराशाजनक भइसकेको छैन,’ विद्युत् विकास विभागका प्रवक्ता गोकर्ण पन्थले भने, ‘भारतमा थप माग घट्दै गएर बजार गुम्दै जाने खतरा छ ।’

    नेपालले हाल बिहार इलेक्टि्रसिटी अथोरिटीबाट किन्ने बिजुलीको दर भने करिब ६ रुपैयाँ भारु छ । अथोरिटीले उत्पादकसँग किनेर नेपाललाई बेच्दा बढीमा मूल्य परेको हो ।

    Source : Ekantipur