बूढीगण्डकी बनाउने सीजीजीसीको चाहना

    1399

    चीनको गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) ले निर्माण हुन लागेको १२ सय मेगावाटको बूढीगण्डकी जलाशय बनाउने इच्छा व्यक्त गरेको छ ।

    सोमबार विज्ञप्ति जारी गरी सीजीजीसीले सरकार र नागरिकको विकासको आशा बनेको १२ सय मेगावाट क्षमताको आयोजना निर्माणमा आफ्नो इच्छा प्रकट गरेको हो । आफूमा रहेको प्राविधिक र आर्थिक क्षमताका आधारमा चीन र अन्य मुलुकमा पूर्वाधार निर्माण गरी नेपालको आर्थिक विकास र समृद्धिमा सहयोगी हुने हाम्रो चाहनालाई मूर्त रूप दिन सरकार र हरेक नेपालीको सहयोग–सद्भाव प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

    सीजीजीसीले नेपालमा ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माणमा सहभागी रहेको उल्लेख गर्दै भूकम्पको बेलामा समेत प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमार्फत  यस कम्पनीले दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिअनुसार, सन् १९७० मा स्थापित सीजीजीसी जल संरक्षण, जलविद्युत्, थर्मल पावर, न्यूक्लियर पावर, विन्ड पावर, पावर ट्रान्स्मिसन एन्ड ट्रान्स्फरमेसन, हाई—वे, रेल—वे, ब्रिज, म्यूनिसिपल वक्र्स, एअरपोर्ट, पोर्ट, वाटर—वे, औद्योगिक र आवासीय भवन निर्माण, रियल स्टेट, सिमेन्ट उत्पादनमा सक्रिय छ । सीजीजीसीले विश्वका १ सय ३६ देशमा करिब १ सय ९० वटा विकास आयोजना कार्यान्वयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

     स्रोत : कारोबार