बेल्ट एन्ड रोडको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

1225

फाल्गुण १३ सोमबार

सडक, पूर्वाधार, पर्यटन, व्यापार र यातायात सुरक्षासँग सम्बन्धित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु हँुदै छ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत हुन लागेको यो सम्मेलन फागुन १५ गते सम्पन्न हुनेछ । यस सम्मेलनको पहिलो संस्करण बेइजिङमा भएको थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलन नेपाल विश्वसँग जोडिँदाका हुने फाइदा र चुनौतीमा केन्द्रित हुनेछ ।

नेपालमा भइरहेको सडक यातायात क्षेत्रसँग सम्बन्धित यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजक संस्थाको दाबी छ । सम्मेलनमा चीन, भारत, संयुक्त अधिराज्य, लात्भिया, नाइजेरिया र मलेसियालगायतका एक दर्जन देशका तीन दर्जन सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा व्यावसायिकजस्ता प्रतिष्ठित संगठनहरूको सहयोग र प्रस्तुतिसमेत रहनेछ । सडक बोर्ड नेपालसँगको सहकार्यमा सम्पन्न हुने सो कन्फ्रेन्सको आयोजक बेल्ट एन्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स तथा व्यवस्थापकमा नासा फाउन्डेसन तथा संयोजननेपाल अटोमोबाइल्स एसोसिएसनले गर्नेछ ।

सडकसहितका पूर्वाधार, एसियन हाइवे, स्टार रेटिङ रोड्स, ड्राइभ टुरिजम र टुडे ट्रान्सपोर्ट व्यवस्थापन र सुरक्षाजस्ता मूल विषयमा लगभग दुई दर्जन वक्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्समा इन्जिनियर व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि, संघीय तथा प्रदेश सरकारका प्राविधिक र पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कलेजहरूबाटसहभागिता रहनेछ ।

 

 

स्रोत:नयाँपत्रीका