‘नलगाड जलविद्युत् निर्माण छिटो गर’

    3042

    जाजरकोट । जाजरकोटको पूर्वी क्षेत्रका सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ । ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, आयोजनाका कार्यकारी निर्देशक मोती कँुवर, नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडी, स्मेक कन्सल्टेन्सीका माइकललगायतको टोलीले आयोजना निर्माण स्थलको निरीक्षण गरेको हो । जलविद्युत गृह निर्माणस्थल खगेनकोटको दल्लीदेखि सक्ला गाविसको सेपुखोलासम्म निरीक्षण गरिएको बताइएको छ । रासस