जनता बैंकको नेतृत्वमा माथिल्लो दरौंदी आयोजनालाई १ अर्ब ३५ करोड ऋण

    1193

    कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावरले प्रवद्र्धन गरेको १० मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो दरौँदी–१ जलविद्युत आयोजनाले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ लगानी जुटाएको छ ।

    जनता बैंकको कन्सोल्टियम लिडमा कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकले दरौंदी आयोजनामा सो रकम बरारको लगानी गरेका हुन् ।

    लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोल्टियम बैंकका तर्फबाट जनता बैंकका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले हस्ताक्षर गरे । आयोजनाको निर्माण लागत १ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने भएका हुन् ।

    माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुने छ ।

    दरौंदी खोलामा २० मिटरको बाँध बाँधी १४.९६ क्युसेक पानी करिब २ हजार ९ सय ५० मिटर पाइप, २ हजार २४ मिटर सुरुङ र करिब ७ सय २४ मिटर पेनस्टक पाइपको माध्यमद्धारा विद्युत गृहमा जडित फ्रान्सिस् टरवाइन (२ वटा) को माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने छ ।

    परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५ करोड १८ लाख ३२ हजार ८८८ युनिट विद्युतीय उर्जा उत्पादन हने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सब स्टेसन, तनहुँमा जडान गरिने छ ।

    क्लिकमान्डु