इप्पानको अध्यक्षमा गुरागाईँ

    2558

    पुस १४, काठमाडौं (अस) । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को १५ औं साधारण सभाले शैलेन्द्र गुरागाईँको अध्यक्षतामा नयाँ  कार्य समिति गठन गरेको छ । बुधवार सम्पन्न साधारण सभाले उपाध्यक्षमा कुमार पाण्डे , महासचिवमा तुकप्रसाद पौडेल र कोषाध्यक्षमा आनन्द चौधरीलाई चयन गरेको छ । त्यसैगरी , सदस्यहरुमा नरेन्द्र प्रजापति, सुधिर तिमल्सिना, प्रतिक प्रधान, आशिष गर्ग, हिम पाठक र गणेश कार्की छानिएका छन् ।

    स्रोत:अभियान