बुटवल पावरको नाफा ६८ करोड ३५ लाख

    1206

    जेठ २६ , काठमाडौं (अस) । बुटवल पावर कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा रू. ६८ करोड ३५ लाख कमाएको छ  । यो गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो । विद्युत विक्रीबाट रू.५४ करोड २२ लाख आम्दानी गर्न कम्पनी सफल भएकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८१ करोड पुगेको छ भने जगेडा कोषको रकममा १७ प्रतिशतले वृिद्ध भई रू.२ अर्ब ३३ करोड पु¥याएको छ । तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ७५, मूल्य आम्दानी अनुपात १७ दशमलव ९६ र प्रति शेयर नेटवर्थ रू.२ सय २९ दशमलव २२ रहेको छ ।

    स्रोत: अभियान