सानिमा माई जलविद्युत् विरुद्धको रिट खारेज

    3200

    काठमाडौं, १४ चैत
    mai_hwनिर्माणाधीन २२ मेगावाटको माई जलविद्युत् आयोजनाको काम रोक्न संघाई ग्रुपले हालेको रिट पुनरावेदन अदालत इलामले खारेज गरेको छ ।
    पुनरावेदन अदालत इलामका न्यायाधीशद्वय गोविन्दप्रसाद उपाध्याय र उदयप्रकाश चापागाईंको संयुक्त इजलासले बुधबार आयोजना निर्माणबाट चिया बगानमा कुनै क्षति नपुगेको ठहर गर्दै रिट खारेज गरिदिएको हो ।
    ‘आयोजना निर्माणबाट सोक्तिम चिया बगानमा क्षति पुगेको छैन, निर्माण कार्य माई खोलाको बगरमै भइरहेको उल्लेख गर्दै संघाई ग्रुपका सुभाषचन्द्र संघाईले दायर गरेको रिट खारेज भएको छ,’ सानिमा माई हाइड्रोपावर कम्पनीका कानुनी सल्लाहकार बद्रीविशाल
    घिमिरेले भने ।
    आयोजना निर्माणबाट इलाम चिसापानीमा रहेको चिया बगानका २० हजार चिया बोटमा असर परेकाले ५० हजार रुपैयाँको क्षतिपूर्ति दाबीसहित निर्माण रोक्न संघाईले अदालतमा रिट दायर गरेका थिए । क्षतिपूर्ति दाबीसहितको अकोर्े मुद्दा भने अदालतमा विचाराधीन छ ।
    अदालतले गत १४ मंसिरमा बगानमा क्षति पुग्ने गरी निर्माण कार्य नगर्न/नगराउन कम्पनीलाई अन्तरकालीन आदेश दिएको थियो । पछि २९ मंसिरमा अदालतले अन्तरकालीन आदेश खारेज गरेको थियो ।
    बुधबार अन्तिम सुनुवाइका क्रममा अदालतले रिट नै खारेज गरेको हो । आयोजनाका तर्फबाट अधिवक्ताद्वय घिमिरे र हिरण्यप्रसाद अधिकारीले बहस गरेका थिए भने संघाईका तर्फबाट मदन खड्का र माधवकुमार बस्नेतले बहस गरेका थिए ।
    आयोजनामा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्ष जीवा लामिछाने, डा. जुगल भुर्तेल, टेकराज निरौला, अरुण निरौलालगायतले लगानी गरेका छन् । आयोजना निर्माण ०७१ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

    प्रस्तुतिनयाँ पत्रिका

    ———————————————————————————————————————————————————————

    About Mai HEP

    The feasibility study of Mai Hydropower Project (MHP) was undertaken by Sanima Hydropower Ltd. Initially, in June 2006, MHP was proposed as a daily peaking run of river project with installed capacity of 20.1 MW.  After discussion with Nepal Electricity Authority(NEA), the daily peaking option was abandoned (as recommended by NEA, the government’s power utility to purchase power from the Project) and an optimum simple run-of river scheme with installed capacity of 14.5 MW was technically concluded with NEA in year 2007 with the energy price open for negotiation.

    In year 2008, Sanima Hydropower (P.) Limited (SHPL) established a Special Purpose Vehicle Company “Sanima Mai Hydropower Limited ” for the implementation of Mai Hydropower Project. After incorporation of SMHL, Sanima Hydropower (P.) Limited applied to Department of Electricity Development (DoED) for transfer of license into SMHL which in  turn awarded the license in March 2009 from the Department.

    After up gradation

    Mai Hydropower Project (22 MW)

    • Location : Danabari and Chisepani VDC
    • Zone : Mechi
    • Type : Run of the River
    • Annual Net Energy Output :128.298 GWh
    • Project Cost : 3097.50 MNPR