अपर मस्र्याङ्दीबाट जीएमआर बाहिरियो

    1092

    भारतको जीएमआर गु्रपले स्थापना गरेको हिमताल कम्पनी ६ सय मेगावाटको अपरमस्र्याङ्दी–२ आयोजनाबाट बाहिरिएको छ । प्रतिमेगावाट १५ सय डलर तिरेर लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) नेगोसिएसन अघि बढाउन लागेको कम्पनी आफ्नो सेयर बुटबल पावर कम्पनीलाई बेचेर बाहिरिएको हो ।

    लमजुङमा निर्माण हुन लागेको सो आयोजनाकोे सेयर हस्तान्तरणका लागि बीपीसी, एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी तथा साझेदार ३ चिनियाँ कम्पनी र हिमताल कम्पनीबीच शुक्रबार सम्झौतासमेत भएको छ । २०६३ सालमा सर्भे लाइसेन्स लिएको र पाँच वर्षअघि पीडीएका लागि निवेदन दिएको हिमतालले विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि निवेदन समेत दिएको छ । विभागका अनुसार आन्तरिक रुपमा खरिद बिक्री भएपनि लाइसेन्स भने कम्पनीकै नाममा रहनेछ । बीपीसीले धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्जलगायतलाई आफूहरूले हिमताल कम्पनीको १९.४ प्रतिशत सेयर खरिद गरेको र बाँकी चिनयाँ साझेदार कम्पनीको हुने जानकारी आइतबार गराएको छ ।  भारतको जीएमआर गु्रपले स्थापना गरेको हिमताल कम्पनी ६ सय मेगावाटको अपरमस्र्याङ्दी–२ आयोजनाबाट बाहिरिएको छ । प्रतिमेगावाट १५ सय डलर तिरेर लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) नेगोसिएसन अघि बढाउन लागेको कम्पनी आफ्नो सेयर बुटबल पावर कम्पनीलाई बेचेर बाहिरिएको हो । लमजुङमा निर्माण हुन लागेको सो आयोजनाकोे सेयर हस्तान्तरणका लागि बीपीसी, एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी तथा साझेदार ३ चिनियाँ कम्पनी र हिमताल कम्पनीबीच शुक्रबार सम्झौतासमेत भएको छ । २०६३ सालमा सर्भे लाइसेन्स लिएको र पाँच वर्षअघि पीडीएका लागि निवेदन दिएको हिमतालले विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि निवेदन समेत दिएको छ । विभागका अनुसार आन्तरिक रुपमा खरिद बिक्री भएपनि लाइसेन्स भने कम्पनीकै नाममा रहनेछ । बीपीसीले धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्जलगायतलाई आफूहरूले हिमताल कम्पनीको १९.४ प्रतिशत सेयर खरिद गरेको र बाँकी चिनयाँ साझेदार कम्पनीको हुने जानकारी आइतबार गराएको छ ।

    स्रोत:कारोबार