Solu Khola – Dudh Koshi Hydro signed PPA

    2978

    Hydro venture Private Limited promoter of 86 MW Solu Khola (Dudhkoshi ) Hydroelectric Project has signed the PPA with Nepal Electricity Authority (NEA). Project is a run of river (RoR) type project located  about 130 km southeast of Kathmandu. The headworks of the project (Elev. 1260 masl) is proposed at Tinla and Kagel Village Development Committees (VDCs) of Solukhumbu district in Eastern Nepal and the powerhouse (Elev. 647 masl) will be located at Maikubesi Village of Panchan VDC of the same district. The Project has an installed capacity of 86 MW and with an annual energy production capacity of 532 GWh.

    Solu-Khola

    काठमाडौ, चैत्र ५ – विद्युत् प्राधिकरणले साहस हाइड्रो पावर कम्पनी लिमिटेड र हाइड्रो भेन्चर प्रालिले संयुक्त रूपमा बनाउन लागेको ८६ मेगावाटको सोलुखोला-दूधकोसी जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने सम्झौता (पीपीए) गरेको छ। पीपीए भएपछि प्रवर्द्धक कम्पनी साहस पावर र हाइड्रोले संयुक्त रूपमा उक्त आयोजना  निर्माण गर्ने बाटो खुलेको छ।

    पीपीए सम्झौताअनुसार आयोजनाले उत्पादन सुरु गरेपछि वषर्ामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा बिजुली प्राधिकरणले बेच्नेछ। उत्पादन सुरु भएको ८ वर्षसम्म विद्युत्को मूल्य बर्सेनि ३ प्रतिशतले वृद्धि हुँदै जाने पीपीए सम्झौतामा उल्लेख छ।

    निजी क्षेत्रबाट बन्न लागेको यो नेपालकै ठूलो आयोजनामध्येमा पर्छ। साहस हाइड्रो पावरका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार सोलुखोला-दूधकोसी जलविद्युत् आयोजनामा अहिले निर्माण सुरु गर्नुअघिको डिजाइन तयार पार्नेदेखि आवश्यक जग्गा खरिद गर्ने र प्रवेश मार्ग निर्माणको काम भइरहेको छ।

    पाठकले करिब १० अर्ब रुपैयाँ लागत लाग्ने उक्त आयोजनामा व्यक्तिगत न्यूनतम एक लाखभन्दा बढी र संस्थागत प्रवर्द्धक सेयर ५ लाख रुपैयाँ माथिसम्म लगानी गर्न सकिने व्यवस्था खुला गरिएको जानकारी दिए। उनका अनुसार आयोजना निर्माणका लागि इक्विटी रकम जुटाउने र बैंकहरूसित ऋण लिने तयारी भइरहेको छ।

    उनका अनुसार आयोजनामा साहस हाइड्रो पावरको ८६ र हाइड्रो भेन्चर प्रालिले १० प्रतिशत लगानी गर्नेछन्। प्रतिमेगावाट लागत सवा ११ करोड रुपैयाँ मात्र लाग्ने उक्त सोलुखोला दूधकोसी मुलुककै आकर्षक आयोजनामध्येमा पर्नेछ।

    पाठकले आगामी भदौ/असोज सम्ममा उक्त आयोजनाको निर्माण सुरु भइसक्ने जानकारी दिए। उनका अनुसार निर्माण सुरु भएको तीन वर्षमा आयोजना सम्पन्न भई उत्पादन सुरु हुनेछ।

    साहस निजी, समुदाय र सहकारीको सहकार्यमा गुल्मी जिल्लामा ५ मेगावाटको माथिल्लो हुग्दी खोला जलविद्युत् परियोजना तोकिएको समयभन्दा अगाडि निर्माण सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिरहेको छ।

    Source : eKantipur