उपल्लो हुग्दीखोला जलविद्युत् निर्माण सुरु

    2676

    गुल्मी, फाल्गुन २२ –
    upper hugdiउपल्लो हुग्दीखोला जलविद्युत् परियोजना निर्माण सुरु भएको छ । शान्तिपुर र हरेवा गाविसमा बाँध बाँधेर १ हजार ६ सय मिटर पाइपलाइन मार्फत रुपाकोटको खसीमारेखोला नजिकै पाँच मेगावाट विद्युत् उत्पादन गर्ने गरी साहस हाइड्रो पावर कम्पनी र रुरु जलविद्युत् परियोजनाले संयुक्त लगानीमा योजना निर्माण थालेका हुन् । परियोजनाको सोमबार कार्यकारी अध्यक्ष हिमप्रसाद पाठक, प्रबन्ध निर्देशक भरतप्रसाद नेपाल र स्थानीय बासिन्दाले संयुक्त रूपमा शिलान्यास गरे ।

    झन्डै ७५ करोड रुपैयाँ लागत रहेको परियोजना निर्माणका लागि प्रभावित क्षेत्रको जग्गा खरिद, विद्युत् खरिद सम्झौता, वातावरणीय प्रभाव मूल्यांकनलगायत सबै कार्य सम्पन्न गरी निर्माण सुरु गरिएको पाठकले बताए ।

    ‘सुरु गरेको १६ महिनामा सम्पन्न गर्ने गरी हामीले थ्रीएच कन्ट्रक्सन कम्पन्नीलाई ठेक्का दिएका छौं,’ अध्यक्ष पाठकले भने, ‘उपल्लो हुग्दीखोला जलविद्युत् परियोजना स्थानीय व्यक्ति, संघसंस्थाको पूर्ण संलग्नतामा निर्माण सुरु गरिएको हो ।’ परियोजनामा साहस हाइड्रो प्रालिको ७० प्रतिशत र रुरु जलविद्युत् परियोजनाको ३० प्रतिशत लगानी छ । परियोजनामा स्थानीय व्यक्ति, संघसंस्थाले झन्डै १ करोड रुपैयाँ सेयरका रुपमा लगानी गरेको परियोजनाले जनाएको छ । परियोजना सम्पन्न भए झन्डै जिल्लाको विद्युत् आपूर्तिको पूरै भार थेग्न सक्ने विद्युत् प्राधिकरणले जनाएको छ । अहिले जिल्लामा वितरण गरिएको विद्युत् प्रसारण लाइन निकै लामो भएकाले नियमित विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ ।

    प्रस्तुति: कान्तिपुर

    ———————————————————————————————————————————————————————-

    Upper Hugdi Khola Jalabidhyut Pariyojana Pvt.Ltd.

    Best Feature of the Project : Local community, who are very willing to develope the UHHEP. About almost (about 97 ropani) requiring land for Project from  Intake to Power House  is purchased.
    Source :  Sahas Hydropower Company Ltd. – Website