घट्ट खोला जलविद्युत् आयोजनामा भेलले इन्जिनीयर बेपत्ता

2193
असार २१, २०७६

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा अबिरल वर्षासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनीयर बेपत्ता भएका छन् ।

मध्यरातमा आयोजनाभित्र भेल पस्दा जलविद्युत् आयोजनामा कार्यरत दोलखा सुनखानी–९ घर भई हाल दोलखा कालीञ्चोक–८ बस्दै आएका २३ वर्षका इन्जिनीयर मुक्ति शिवाकोटीलाई भेलले बगाएको हो ।

आयोजनामा शिवाकोटीसहित तीन जना बस्दै आएका थिए । अन्य दुईजना भागेर बाँच्न सफल भए पनि उनलाई भने भेलले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी माधव काफ्लेले जानकारी दिए ।

बेपत्ता सापकोटाको खोजीका लागि प्रहरी खटिएको काफ्लेले जानकारी दिए । आयोजनाभित्र भेल पस्दा आयोजनाको एउटा मोटरसाइकल बगाएको छ भने आयोजनामा क्षतिमा पुगेको छ ।

रासस