कुलमानको अर्को एक्सन ः उच्च तहका कर्मचारीको सरुवा

    1221

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक देखि सहायक स्तरसम्मका कर्मचारीको सरुवा भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बुधबारको निर्णयबाट हालैमत्र बढुवा भएका उपकार्यकारी निर्देशकको पदस्थापना तथा सरुवा गरेका हुन् । घिसिङले ‘उपयुक्त व्यक्ति उपयुक्त स्थान (राइट पर्सन, राइट प्लेस)’को अवधारणअनुसार कर्मचारीलाई जिम्मेवारी दिने बताउँदै आएका छन् । प्राधिकरणको सबैभन्दा ठूलो संरचना रहेको बितरण तथा ग्राहक सेवा निर्देशनालयको जिम्मेवारी उपकार्यकारी निर्देशक हरराज न्यौपानले पाएका छन् । उनी हालै मात्रै उपकार्यकारी निर्देशकमा बढुवा भएका हुन् । बितरण तथा ग्राहक सेवा निर्देशलनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुंगेललाई उत्पादन निर्देशनालयमा सरुवा गरिएको छ ।

    ढुंगेल तिनै व्यक्ति हुन् जसले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेका थिए । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उनी घिसिङलाई कार्यकारी निर्देशक स्विकारी काम गरिरहेका छन् । स्रोतकाअनुसार, उनले अहिले मुद्धा फिर्ता लिइसकेका छन् । ढुंगेलले बितरण तथा ग्राहक सेवामा सन्तोषजनक कार्यसम्पादन गर्न सकेका थिएनन् । त्यसैले त्यहाँ बितरण तथा ग्राहक सेवामा लामो अनुभव भएका न्यौपानेलाई लगिएको प्राधिकरण प्रशासन निर्देशनालयका एक कर्मचारीले बताए । इन्जिनियरिङ निर्देशनालयमा उपकार्यकारी निर्देशक राजीव शर्मालाई लगिएको छ । निर्देशनालयमा रहेका र हालैमात्र उपकार्यकारी निर्देशकमा बढुवा भएका मोहनरत्न शाक्यलाई प्रसारण निर्देशनालयमा पदस्थापना गरी बुढीगण्डकी जलविद्युत आयोजनाको संयोजकको जिम्मेवारी दिएको छ । सरकारले १२ सय सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा प्राधिकरणले निर्माण गर्ने निर्णय गरेको छ । प्राधिकरणले सहायक कम्पनीको अनुगमन गर्न छुट्टै निर्देशनालयको स्थापना गरेको छ ।

    निर्देशनालयको कार्यकारी निर्देशक रहने व्यवस्था गरी हालै मात्रै बढुवा भएका अनिल राजभण्डारीलाई जिम्मेवारी दिइएको छ । एनईए इन्जिनियरिङ कम्पनीमा पनि उपकार्यकारी निर्देशक खटाइएको छ । हालै मात्रै बढुवा भएका हितेन्द्रदेव शाक्यलाई  आयोजना व्यवस्थापन निर्देशनालयमा पदस्थापना गरी कम्पनीमा खटाइएको हो ।  आयोजना व्इवस्थापन निर्देशनालयमा उपकार्यकारी निर्देशकको दरबन्दी रहेता पनि ११ तहकै निर्देशक मनोज शिलवाललाई नै यथावत राखिएको छ । विराटनगर क्षेत्रीय कार्यालयका निर्देशक बज्रभूषण चौधरीलाई बृहत्तर प्रसारण लाईन २२० केभीमा पदाधिकार कायम राखी  प्रसारण निर्देशनालयको निमित्त उपकार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । चौधरीले विराटनगरमा रहँदा राम्रो काम गरेको बताइन्छ । हालैमात्रै उपकार्यकारी निर्देशकमा बढुवा भएका लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य र जनदिश्वरमान सिंहलाई क्रमश ः अर्थ, प्रशासन र योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयमा पदस्थापना गरिएको छ । यस अघि उनीहरुले त्यही कामु
    रहेर काम गरेका थिए ।

    को कहाँ सरुवा भए ?