दरवाङ्ग म्याग्दी जलविद्युत् आयोजनाको वित्तीय सम्झौता सम्पन्न

    1086

    म्याग्दी, २ फागुन । म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाट क्षमताको जलविद्युत् उत्पादनको लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । दरवाङ्ग म्याग्दी जलविद्युत् आयोजना र कालिका हाइड्रोबीच वित्तीय सम्झौता सम्पन्न भएको हो । आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्ब ५० करोड रुपैंयाको ऋण लगानी गर्ने भएका हुन । कुल ५ अर्ब १४ करोड रुपैंया लाग्ने अनुमान गरिएको परियोजनामा बाँकी स्वपुँजीका लागि अवधिमै सर्वसाधारणलाई ३० प्रतिशत साधारण शेयर जारी गरिने बताईएको छ ।

    सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत परियोजना आगामि ३ बर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । पानीको वहाव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ । दरवाङ्गको डुकुगाउँमा रहेको खोलाको पानीलाई ५ किलोमिटर सुरुङ्ग निर्माणगरी २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । पावर हाउस र ईन्टेकसम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादीत विद्युत ८ किलोमिटर लामो १३२ केभि ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ ।

    परियोजनामा स्थानीय लगानीकर्ताहरुका साथै म्यागग्दी जिल्लामा जन्मिएर प्रवासमा रहेका लगानीकर्ताहरुको वाहुल्यता रहेको छ । एनआरएनए हङ्गकङ्ग समुह, काठमाण्डौ म्याग्दी ईन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहको परियोजनामा एनआरएनएका एसिया प्रशान्त उप–संयोजक विनोद कुँवर अध्यक्ष छन्

    Source: The Spotlight