बझाङमा तीन जलविद्युत् आयोजना बन्दै

    1425

    बझाङ (बुंगल), फागुन १० गते । सुदूरपश्चिमको हिमाली जिल्ला बझाङको दुर्गम बुंगल क्षेत्रमा निजी क्षेत्रको लगानीमा तीनवटा जलविद्युत् आयोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । ३८.४६ मेगावाट, कालङ्गाको १५.३३ मेगावाट र सानीगाड १०.०७ मेगावाटका आयोजनाको निर्माण तीव्र भएको हो  ।

    आयोजनाले निर्माणस्थलसम्मको पहुँच मार्ग निर्माण गरिरहेको छ भने आयोजनासँग सम्बन्धित अन्य संरचना पनि धमाधम निर्माण भइरहेका छन् । अपर कालङ्गा जलविद्युत् आयोजनाको आठ किलोमिटर सुरुङमध्ये आठ सय मिटर सुरुङ खनिसकिएको छ पावरहाउस निर्माण हेडबक्सको काम पनि सुरु भएको कालङ्गा हाइड्रो पावर आयोजनाका संस्थापक वीरेन्द्र मल्लले जानकारी दिनुभयो । आयोजनामा तीन हजार चार सय मिटर सुरुङमध्ये एक किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ भने सुरुङको बाँकी काम निर्माण गर्ने काम भइरहेको छ ।

    त्यसैगरी सानीगाड जलविद्युत् आयोजनामा समेत पहुँच मार्ग निर्माण तथा सुरुङको काम सुरु भएको छ भने अर्काे बागथला जलविद्युत् आयोजनामा समेत प्रारम्भिक कामको थालनी गरिएको छ । आयोजनाका लागि चाहिने दुई सय रोपनी जग्गा खरिद भइसकेको आयोजनाका प्रमुख वीरेन्द्र मल्लले जानकारी दिनुभयो । कालङ्गा जलविद्युत्को पाउटा, अपर कालङ्गा जलविद्युत्को दहबगर र सानीगाड जलविद्युत्को कफलसेरीमा निर्माण कार्य सुरु भइसकेको छ । अपर कालङ्गाको दहबगरको गिरौबाट–८ किलोमिटर सुरुङबाट बिजगडा भन्ने स्थानमा पानी झारेर विद्युत्गृह निर्माण गरिनेभएको छ ।

    त्यसैगरी सानीगाडको दुई किलोमिटर सुरुङ खन्नका बाँझ गाउँपालिकाको पाउटा भन्ने स्थानबाट सुरुङबाट सैँसू भन्ने स्थानमा विद्युत्गृह निर्माण गरिनेभएको छ । अपर सानीगाड तीनवटै आयोजनाको विद्युत् खरिद सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग भइसकेको छ ।

    झण्डै १२ अर्ब रुपियाँ लागतमा निर्माण हुन थालेका यी आयोजनाको निर्माण कार्य हाल डिजेल प्लान्टबाट उत्पादित विद्युत्बाट सञ्चालन भइरहेकाले लागत बढ्ने बताइएको छ । हाल औसतमा यी आयोजनाको ३० प्रतिशत काम सम्पन्न भइसकेको दाबी मल्लले गर्नुुभयो ।

    स्थानीय बासिन्दालाई पनि सेयर वितरण गर्ने व्यवस्था मिलाउनसके स्थानीय स्रोतमा स्थानीय बासिन्दाको अपनत्व हुने बताउँदै बुँगल गाउँपालिकाका अध्यक्ष धनबहादुर विष्टले भन्नुभयो, स्थानीयको पनि प्रत्यक्ष सहभागिता भए आयोजनाले अझ सफलता पाउने थियो । यी जलविद्युत् आयोजनामा माछापुच्छे«, एनएमबी र सिभिल बैङ्कको लगानी रहेको छ ।

    स्रोत:गोर्खापत्र