Sino-Sagarmatha Hydropower will construct transmission line itself

    1347

    काठमाडौ, मंसिर २१ –

    – प्राधिकरण र सिनो हाइड्रोबीच प्रसारण लाइन निर्माण समझदारीपत्रमा हस्ताक्षर

    – मासिक करिब १५ करोड रुपैयाँ जोगिन्छ : प्राधिकरण

    electricityमाथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनाको प्रबर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले प्रसारण लाइन आफैँ बनाउने भएको छ । विद्युत् प्राधिकरण र सिनो हाइड्रो सगरमाथाबीच बुधबार प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    ‘सिनो हाइड्रो सगरमाथा र प्राधिकरणबीच प्रसारण लाइन निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘यो प्राधिकरणका लागि एउटा उपलब्धि हो ।’ कुल ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी एको निर्माण कार्य २०७२ पुसमा सक्ने लक्ष्य छ । सो अवधिसम्म प्राधिकरणले आयोजनास्थल लमजुङको भुलभुलेसम्म प्रसारण लाइन निर्माण गर्ने सम्भावना नहरेका बेला प्राधिकरण र सिनो हाइड्रो सगरमाथाबीच यो समझदारी भएको हो । सझदारीअनुसार सिनो हाइड्रोले १ वर्षभित्र २० किलोमिटर लामो १ सय २५ केभी प्रसारण लाइन निर्माण गर्नेछ । (132 kV)

    प्रसारण लाइन आयोजनास्थल लमजुङको भुलभुलेदेखि मध्य मस्र्याङ्दीसम्म बन्नेछ । उक्त प्रसारण लाइन मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइनसँग जोडी माथिल्लो मस्र्याङ्दी एबाट उत्पादित विद्युत् ल्याइनेछ । ‘प्रसारण लाइनको लागत करिब २५ करोड रुपैयाँ छ,’ कार्यकारी निर्देशक काफ्लेले भने, ‘प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि जग्गा उपलब्ध गराउने र अन्य लजिस्टिक प्रबन्ध गर्ने सहमति छ । लगानी भने कम्पनीले नै गर्नेछ ।’

    सिनो हाइड्रो सगरमाथा प्रसारण लाइन बनाउन तयार नभएको भए २०७२ को अन्तसम्म व्यापारिक उत्पादन हुने मध्य मस्र्याङ्दीको विद्युत् खेर जाने थियो । त्यसबापत प्राधिकरणले सिनो हाइड्रो सगरमाथालाई मासिक करिब १५ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने थियो । तर, सिनो हाइड्रो सगरमाथा प्रसारण लाइन बनाउन तयार भएपछि प्राधिकरण क्षतिपूर्ति तिर्नबाट जोगिने भएको छ । साथै उक्त आयोजनाको विद्युत् पनि खेर जानबाट जोगिने भएको छ ।

    प्राधिकरणले प्रसारण लाइन बनाइदिने सर्तमा प्रबर्द्धकले आयोजना विकास गर्छन् । प्राधिकरणले २ सय २० केभीको मस्र्याङ्दी करिडोर प्रसारण लाइन निर्माण गर्ने र माथिल्लो मस्र्याङ्दी एबाट उत्पादित विद्युत् उपयोग गर्ने योजना बनाएको थियो । तर विश्व बैंकको आर्थिक सहयोगमा बन्ने उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि प्राधिकरणले सिनो हाइड्रो सगरमाथालाई क्षतिपूर्ति तिर्नुपर्ने निश्चित भएको थियो । ‘मस्र्याङ्दी करिडोर बन्न करिब ३ वर्ष लाग्ने देखियो,’ काफ्लेले भने ।

    माथिल्लो मस्र्याङ्दी एको कम्तीमा ६० प्रतिशत निर्माण कार्य सकिएको छ । नेपाली र चिनियाँ कम्पनीको संयुक्त उपक्रम सिनो हाइड्रो सगरमाथाले करिब ४ वर्षअघि प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो । अनुमानित लागत करिब १० अर्ब रुपैयाँ रहेको यो आयोजनाबाट प्राधिकरणले ६ दशमलव ९५ सेन्टमा प्रतियुनिट विद्युत् किन्ने सम्झौता छ । यो आयोजनाको निर्माण अवधि करिब ५ वर्ष रहेको छ । यो आयोजना तोकिएको अवधिमै पूरा हुने अपेक्षा गरिएको छ ।

    प्रकाशित: कान्तिपुर