६५ मेगावाटको अपर कालीगण्डकी निर्माणको तयारी

    3154

    निर्मल खत्री-म्याग्दी, २२ साउन ।

    Kaligandaki ghasa टे«ड लिंक ग्लोबल प्रा.लि काठमाडौंले म्याग्दीमा ६५ मेगावाटको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी थालेको छ । आयोतजनाले विस्ततृ अध्ययन सम्पन्न गरि वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन माथि स्थानीयबासी र सरोकारवाला निकायसंग छलफल गरिसकेको छ ।

    २२ अर्ब रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाले जिल्लाको वेगखोला, भगवति, पिप्ले, हिस्तान, राम्चे र पर्वतको बासखर्कका स्थानीयबासी संग वातावरणीय प्रभाव, असर क्षतिपूर्तिका विषयमा छलफल गरिएको आयोजनाका वातावरणविद् डा. तोरण शर्माले जानकारी दिए ।

    ‘वातावरणीय अध्ययन सम्बन्धी प्रतिवदेन माथि स्थानीयबासीले राखेका सुझाब सहित उत्पादन अनुमतिका लागी नेपाल सरकार समक्ष पेस गर्नेछौँ, उनले भने, ‘उर्जा तथा वातावरण मन्त्रालयको अनुमतिमा विद्युत् विकास वोर्डले उत्पादन अनुमति दिएपछि मात्रै नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद सम्झौता (पिपिए) हुने र आयोजनामा लगानीकर्ता भित्राएर कन्सटक्सनका काम गर्ने हो ।’ बेगखोला र हिस्तान गाविस स्थित बेगखोलामा बाँध स्थल रहने जलविद्युत् आयोजनाको वेगखोला देखि  भगवतिको थाडो खोरिया हुँदै पिप्लेको घुमाउनेतालसम्म करिब ६ किलोमिटर लामो सुरुङ निर्माण गरि करिब १ सय मिटरको उचाईबाट घुमाउनेतालमा हुने विद्युत गृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने आयोजानको लक्ष्य छ ।

    डा शर्माका अनुसार, पिप्ले, भगवती र बेगखोला गाविस मुख्य प्रभावित क्षेत्र भएपनि म्याग्दीको राम्चे र पर्वतको बाँसखर्क गाविसको साँधबाट बग्ने कालीगण्डकी नदीमा हुने जलप्रवाहलाई मध्यनजर गरि प्रभावित क्षेत्रमा समावेस गरिएको हो । ६ महिना भित्र उत्पादन अनुमति पत्र पाए आगामी २ बर्षभित्रै कन्सटक्सनको काम सूरु गर्ने आयोजनाले जनाएको छ । ६५ मेगावाट भनिएपनि हिउँदको समयमा यसको उत्पादन क्षमता घट्ने देखिएको छ । ‘हिउँदको समयमा २० देखि २५ मेगावाट मात्रै विद्युत उत्पादन हुने अनुमान छ, डा. शर्माले भने ।

    प्रभावित क्षेत्रका स्थानियबासीले आयोजनाले आर्थिक, भौतिक पूर्वाधार, रोजगारी सिर्जना हुने भन्दै यसलाई समयमै सम्पन्न गराउन माग गरेका थिए । भगवतीका स्थानीयबासी देवेन्द्र केसीले विभिन्न बाहनामा आयोजनाहरु नबन्ने प्रवृत्ति भएकाले त्यसलाई जतिसके छिटो निर्माण चरणमा जान आग्रह गरे । ‘हामीलाई विजुली चाहिएको छ, आयोजनालाई सहयोग गर्न हामी तयार छौँ, उनले भने, ‘अन्य आयोजनाको जस्तो हालत यसको हुनु भएन् ।’ जिल्ला विकास समितिले जिल्लालाई मध्य नेपालकै हाईड्रो हब बनाउने संकल्प गरेको अवस्थामा आयोजनालाई जिल्लाबासीले सहयोग गर्न तयार रहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम भण्डारीले जानकारी दिए । ‘सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा आयोजनाले ध्यान दिनुपर्छ, उनले भने ।

    प्रस्तुति: कारोबर