प्रभावितलाई अपर माईको शेयर

    1277

    इलाम । इलामको माबु र सुलुबुङमा निर्माण सम्पन्न अपर माई हाइड्रोको प्रवर्द्धक संस्था पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले स्थानीयलाई विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले इलामका आयोजना प्रभावित स्थानीयलाई विक्री गरेको ११ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीले माघ ५ देखि २३ गतेसम्म इलामको सन्दकपुर गाउँपालिकाका बासिन्दालाई ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका बासिन्दालाई ४ लाख ४० हजार कित्ता आईपीओ विक्री गरेको थियो । सन्दकपुरका २० देखि १ सय ३० कित्ता माग गर्ने सम्पूर्ण स्थानीयले मागबमोजिम नै आईपीओ पाएका छन् । १ सय ४० देखि ५ हजार ५ सय कित्ता शेयर माग गर्ने ३ हजार २ सय ६९ आवेदकमध्ये २ हजार ३ सय ८२ जनालाई १ सय ४० कित्ता र बाँकीलाई १ सय ३० कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

    इलाम नगरपालिकाका २० देखि ५० कित्ता माग गर्ने सबैलाई मागबमोजिम, ६० देखि ५ हजार ५ सय कित्ता माग गर्ने ६ हजार १ सय ३७ आवेदकमध्ये ६ सय २४ जनालाई ६० र बाँकीलाई ५० कित्ता शेयर बाँडफाँट गरिएको छ । आईपीओ विक्री प्रबन्धक सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैङ्किङ रहेका छन् ।

    पञ्चकन्या माईको अधिकृत पुँजी १ अर्ब ९५ करोड रुपैयाँ र जारी पूँजी १ अर्ब १० करोड रुपैयाँ छ । पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत आईपीओ स्थानीयलाई विक्री गरेसकेकाले अब सर्वसाधारणका लागि १० प्रतिशत नै आईपीओ जारी हुने कम्पनीले बताएको छ ।

    स्रोत:अभियान