बेतन कर्णाली बनाउन सञ्चयकोषले पुँजी व्यवस्थापन आफैँ गर्ने

    2257

    कर्मचारी सञ्चयकोषले ६ सय ८८ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली आयोजनाको पुँजी व्यवस्थापन आफैँले गर्ने भएको छ । कोष व्यवस्थापनले करिब ३ अर्ब रुपैयाँ स्वपुँजी (इक्विट) लगानी गर्ने निर्णय गरेको हो । कोषले यसअघि नै बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको स्थापना गरिसकेको छ । कम्पनीले वित्तीय स्रोत व्यवस्थापनको काम कोषलाई दिने निर्णय यसअघि गरिसकेको र सोहीअनुसार काम अगाडि बढिरहेको कोषका कार्यबाहक प्रशासक दीपक रौनियारले बताए ।

    कोषका सञ्चयकर्ताहरूको ४० प्रतिशत सेयर स्वामित्व रहने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङले आयोजनाको डिपिआर गर्ने काम गरिरहेको छ । यो काम १८ महिनाभित्र सम्पन्न हुने गरी अगाडि बढाइएको उनले बताए ।

    स्रोत:नयाँपत्रीका