समयमै विद्युत् उत्पादन नगर्दा साढे आठ करोड जरिवाना

    1005

    काठमाडौँ –सयममै जलविद्युत् आयोजना निर्माण गर्न नसक्दा प्रवद्र्धक कम्पनीहरूले साढे आठ करोड जरिवाना तिर्नुपरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार तोकिएकै समयमा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न गर्न नसकी ढिला गर्दा यो परिमाणमा जरिवाना तिर्नुपरेको हो ।

    आर्थिक वर्ष २०७४/०७५ को हालसम्म मात्र व्यापारिक उत्पादन (सीओडी) समयमै नगर्दा ती कम्पनीहरूले ८ करोड ४६ लाख २२ हजार जरिवाना तिर्नुपरेको हो । “समयमै जलविद्युत् नबनाउने र तोकिएभन्दा कम उत्पादन गर्ने आयोजनाहरूलाई जरिवाना गर्ने व्यवस्था छ, सोहीअनुसार जरिवाना गरिएको हो,” विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने । प्राधिकरणको प्रावधानअनुसार, ४० प्रतिशतभन्दा कम उत्पादन गरेर १० मेगावाटभन्दा कम क्षमताका १९ र ७२ प्रतिशतभन्दा कम उत्पादन गर्ने १० मेगावाटमाथिको एक आयोजनाले तोकिएको भन्दा कम उत्पादन गरेवापत प्राधिकरणले ४ करोड ५१ लख ८६ हजार जरिवानासमेत तिरेका छन् ।

    शिवानी हाइड्रोपावरद्वारा प्रवद्र्धित ४.९ मेगावाटको फावाखोला जलविद्युत्ले ९७ लाख ९४ हजार, पुवा खोलाद्वारा प्रवद्र्धित ४ मेगावाटको पुवा खोला जलविद्युत्ले ४९ लाख, दिव्यश्वरी हाइड्रो कम्पनीको ४ मेगावाटको सभाखोला तथा द्रोणाञ्चल कम्पनीले निर्माण गरेको ६ सय किलोवाटको ढुंगे जिरी आयोजनाले समयमै जलविद्युत् आयोजना निर्माण नगरेकाले १० लाख जरिवाना तिरेको प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार प्राइम हाइड्रोपावरले निर्माण गरेको ५ सय १८ किलोवाटको बेल्कु आयोजनाले ४ लाख ७४ हजार, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीको १२ मेगावाटको अपरमाई खोलाले ५ करोड ४१ लाख ४ हजार, ५ मेगावाटको मैलुङले ४४ लाख १९ हजार तथा १.८ मेगावाटको लाफिङ बुद्धले २४ हजार जरिवाना समयमै निर्माण सम्पन्न गर्न नसकेर तिर्नुपरेको छ ।

    आयोजना निर्माण गर्न नसक्दा प्रवद्र्धक कम्पनीहरूले साढे आठ करोड जरिवाना तिर्नुपरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार तोकिएकै समयमा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न गर्न नसकी ढिला गर्दा यो परिमाणमा जरिवाना तिर्नुपरेको हो ।

    स्रोत:कारोबार