NEA trade unions agitated

    1135

    KATHMANDU: Trade unions at the Nepal Electricity Authority have announced a four-week protest against the January 3 government decision to upgrade the capacity of Upper Trishuli 3A. All five trade unions said the government had made the ‘illegal’ decision with the intention of causing to the power monopoly losses worth billions.

    Organising a press conference, the unions said the decision decreases the NEA’s income in proportion to investment and results in losses of millions of units of electricity by delaying power generation by three years.

    The unions have repeatedly said the China Gezhouba Group Company Limited tasked with developing the power project had pressed for the decision and it was not in the interest of the NEA. They had also submitted a memorandum to Prime Minister Baburam Bhattarai asking him not to go for project upgradation.

    At a press meet, the unions said they plan to expose the racket involved in the capacity upgradation in the coming week. As part of their protest, NEA employees will wear black arm bands and launch a signature campaign against the upgradation, the unions informed. The staff will also stage a one-hour pendown in the third week at the NEA headquarters office in Ratnapark. And in the fourth week, the unions will resort to a strike in NEA offices across the country for two hours save in power houses, substations, counters, no light and emergency services. The employees have threatened to disrupt NEA’s services if the government does not roll back the decision even after a month.

    The government had award the project on EPC (Engineering, Procurement and Constructing) model to the Chinese company in 2010 through open bidding.

    Source: The Himalayan Times

    ———————————————————————————————————————————————————————

    त्रिशूली ३ ए वृद्धि निर्णय खारेजीको माग

    काठमाडौं, पुस २७ – नेपाल विद्युत् प्राधिकरणका विभिन्न कर्मचारी सङ्घसङ्गठनले माथिल्लो त्रिशूली तेस्रो ए जलविद्युत् परियोजनाको क्षमता वर्षायाममा मात्र प्राप्त हुने गरी ९० मेगावाटमा वृद्धि गर्ने निर्णय मुलुकको हितमा नभएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल विद्युत् प्राधिकरण कर्मचारी परिषद्, नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ र नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले हिजो संयुक्त पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन्।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कार्यवाहक अध्यक्ष खगेन्द्र शाहीले सन् २०१० मे २८ मा ६० मेगावाट उत्पादन गर्ने गरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता भएर ३० प्रतिशत कार्य सम्पन्न भइसकेको अवस्थामा त्यसलाई सरकारले यही पुस १९ गते क्षमता बढाउन गरेको निर्णयले आयोजनाको भविष्य अलपत्र पर्ने बताउँदै त्यसको खारेजी माग गरे ।

    सो क्षमता परिवर्तनले लागतको अनुपातमा आम्दानी र लगानीको प्रतिफल घट्ने, सुख्खा याममा उल्लेख्य विद्युत् ऊर्जा नबढ्ने, प्रतियुनिट विद्युत् उत्पादनको लागत बढ्ने, निर्माण अवधि असीमित रुपमा बढ्ने र यसले गर्दा ६० मेगावाटको आयोजनाबाट उक्त अवधिमा उत्पादन हुन सक्ने करोडौँ युनिट विद्युत् अर्थात् अर्बौ रकम प्राधिकरणलाई नोक्सान हुने बताइएको छ।

    ती सङ्गठनले सो निर्णय खारेजीको प्रक्रियामा नलगिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    रासस