नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सौर्य प्लान्टबाट १० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा

1564
cjnf]sg ub}{ sfo{sf/L lgb]{zs zfSo lqz"nL, !& kmfu'g M g'jfsf]6df lgdf{0ffwLg @% d]ufjf6 Ifdtfsf] d'n'ss} 7"nf] ;f}o{ KnfG6sf] ;f]daf/ g]kfn ljB't k|flws/0fsf sfo{sf/L lgb]{zs lxt]Gb|b]j zfSo lgdf{0f:yn ljb'/ gkf–^ l:yt :ynut cjnf]sg ug'{x'Fb} . pQm of]hgfdfkm{t xfn !) d]ufjf6 ljB't pTkfbg yflnPsf] 5 eg] casf] 5 dlxgfleq} sfo{;DkGg ug]{ nIo 5 . t:jL/ M /fdxl/ Gof}kfg]÷/f;;

काठमाडौं । देशकै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको उक्त सौर्य प्लान्टबाट आउँदो असोजसम्म बाँकी १५ मेगावाट बिजुली उत्पादन हुने आयोजना प्रमुख विकास रघुवंशीले क्यापिटल नेपाललाई जानकारी दिए ।

सबस्टेसनसम्म पुग्ने प्रसारण लाइन बन्न ढिलाइ भएकाले उत्पादित १० मेगावाट सौर्य ऊर्जा  अस्थायी रुपमा ग्रीडमा जाेडिएकाे हाे । कुल २५ मेगावाटमध्ये ४.५ मेगावाट बिजुली वैशाखभित्र उत्पादन हुने रघुवंशीले जानकारी दिए ।

७/८ महिनाभित्र सबस्टेसन र प्रसारण लाइन निर्माण भइ २५ मेगावाट नै सौर्य ऊर्जा प्रणालीमा जोडिने उनले बताए । देवीघाट विद्युत् केन्द्रका नाममा रहेको जग्गामा सोलार प्यानल राखेर उत्पादित बिजुली सोझै राष्ट्रिय प्रणाली ग्रीडमा जोडिनेछ ।

देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेका छन । ती सबस्टेसन निर्माण आउँदो असोजसम्म पूरा हुने प्राधिकरणले जनाएको छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत सोलारमा लगानी भएको हो । प्लान्ट निर्माण गर्न  विश्व बैंकले झन्डै ४ अर्ब अर्थात (३ करोड ८० लाख अमेरिकी डलर) सहुलियत ऋण सहयोग गरेको छ ।

सौर्य प्लान्ट परियोजनाको ठेक्का सम्झौता चिनियाँ कम्पनी राइजन इनर्जी कम्पनी लिमिटेडसँग भएको थियो । ठेक्का पाएको चिनियाँ कम्पनीले आउँदो ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गर्नेछ । अहिले सौर्य प्लान्ट परीक्षणकै चरणमा रहेको छ ।

कम्पनीले आउँदो आर्थिक वर्ष २०७८/०७९ भित्र प्राधिकरणलाई सौर्य प्लान्ट परियोजना निर्माण पूरा गरेर हस्तान्तरण गर्ने जनाइएको छ । सौर्य प्लान्टबाट वार्षिक ३ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने केन्द्रले जनाएको छ ।

उक्त सौर्य प्लान्ट ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ । प्लाण्टबाट घाम लागेका बेलामा बिजुली उत्पादन हुन्छ । आयोजनाको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरीक्षण गरेका छन । उनले आयोजनको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन ।

यस्तै निजी क्षेत्रबाट पनि धमाधम सौर्य प्रविधिबाट बिजुली उत्पादन सुरु भएको छ । अपी पावर कम्पनी लिमिटेडलगायतले सौर्य प्रणालीबाट बिजुली उत्पादन गर्न लागेका छन् । विद्युत विकास विभागले सौर्य प्रणालीबाट बिजुली उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) दिंदै आएको छ ।