तल्लो सेतीको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव माग

    1766

    दमौली-एक सय चालिस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले बनाउन लागेको अर्धजलशाययुक्त आयोजना तल्लो सेती (एक सय चार मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ ।एक सय चालिस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले बनाउन लागेको अर्धजलशाययुक्त आयोजना तल्लो सेती (एक सय चार मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ ।आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्नका लागि पूर्वछनोट भएका छ वटा कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो । आयोजनाको डीपीआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए । त्यसमध्ये एउटा अमेरिका, तीन वटा युरोप र दुई वटा एसियाको कम्पनी विस्तृत अध्ययनको लागि पूर्व्छनोट भएका छन् ।प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी छनोट गरिने हाइड्रोपावरले जनाएको छ । काम सुरु गरेको २० महिनामा विस्तृत सम्भावता अध्ययन तयार पारिने कम्पनीका साइट इन्चार्ज इन्जिनियर विदुर अधिकारीले जानकारी दिए । डीपीआर तयार गर्न एसियाली विकास बैंक (एडीबी) ले ३ करोड ५० लाख अमेरिकी डलर अनुदानमा उपलब्ध गराएको छ । डीपीआरका लागि छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इन्जिनियरिङ तयार गर्नुपर्नेछ । २२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना अर्धजलाशय हो । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले यसअघि नै आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले सुरुमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत विकास विभागबाट अनुमतिपत्र लिए पनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएको हो । तनहुँ जलविद्युत् आयोजना (एक सय चालिस मेगावाट) को विद्युत्गृह हुँदै टेलरेस (पानी निकास सुरुङ) बाट निस्केको पानी उपयोग गरी आयोजना निर्माण हुनेछ । तनहुँ जलविद्युत् आयोजना (माथिल्लो सेती) को लागत महँगो भएकाले क्यासकेडका रूपमा तल्लो सेती निर्माण गरेर लागत अनुपात मिलाउन खोजिएको छ । कम्पनीका अनुसार आयोजनाको रिर्टन अन इक्विटी (स्वपुँजीमा गरेको लगानीको प्रतिफल) करिब २० प्रतिशत हुनेछ । यसो हुँदा माथिल्लो सेतीको महँगो लागतसमेत यसले समेट्ने दाबी गरिएको छ । कम्पनीले आयोजनामा स्थानीयका लागि पनि सेयर लगानीको अवसर दिने भएको छ ।

    -कारोबार