हाइड्रोपावरमा विस्फोट गराउने क्रममा मजदुरको मृत्यु

2390

१२ फागुन २०७५

बेनी :म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि बिस्फोट गराउने क्रममा एक मजदुरको मृत्यु भएको छ।

निलगिरि हाइड्रोद्वारा निर्माणाधीन निलगिरि र निलगिरि क्यासकेड जलविद्युत आयोजनामा कार्यरत रोल्पाका अन्दाजी १८/१९ वर्षका तिलक घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फागुन १० गते बिस्फोट गराउने क्रममा उछिट्टिएर सडक देखि करिब ८० मिटर तल खसेर ज्यान गुमाएका घर्तीको शव परिक्षण गरेर आइतबार आफन्तको जिम्मा लगाएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए।

स्रोत:अन्नपूर्ण पोस्ट