कुलेखानीको जलाशय भरिँदै, सतर्क रहन आग्रह

1052

असार ३०, २०७६

हेटाैंडा — लामाे वर्षाका कारण कुलेखानी जलविद्युत आयाेजनाकाे जलाशयको भरिने अवस्थामा पुगेको छ । साेमबार बिहान जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेकाे छ ।

थाहा नगरपालिका क्षेत्रमा धेरै वर्षा भएका कारण आइतबार राति एक्कासी ५ मिटर पानीको सहत बढेको हाे।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो। तर, २०७२ को भूकम्पले ड्याम चर्किएको कारणले गर्दा १ हजार ५ सय २७ मिटर मात्रै संकलन गर्ने सुझाव दिएको छ। अहिले प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएको आयाेजनाले जनाएकाे छ।

विद्युत प्राधिकरणले सोमबार बिहानै सूचना जारी गरेर ड्याम खोल्ने तयारीमा रहेकले तल्लाे तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जानकारी दिएको छ।पानी खपत गर्नका लागि अहिले कुलेखानीका दुईवटै आयोजना संचालन ल्याइएको छ।

दुईवर्षयता कुलेखानीमा पानी भरिएको थिएन।
स्रोत:कान्तिपुर