कालङ्गा हाइड्रो पावर अन्तिम चरणमा, फागुनबाट ६५ मेगावाट उत्पादन

2419

बझाङ, असोज २० गते । सुदूरपश्चिम प्रदेशको एक मात्र पहिलो निजी लगानीमा संञ्चालन हुन लागेको सबै भन्दा ठूलो कालङ्गा हाइड्रो पावरको काम अन्तिम चरणमा पुगेको छ । निजी लगानीबाट सञ्चालित कालङ्गा हाइड्रो पावरको सम्पुर्ण काम पुष महिनामा भित्र पूरा भई फागुन महिना भित्र विद्युत आपुर्ति हुने भएको छ ।

जिल्लाको विकट बुंगल नगरपालिका – ५ को पाउँटामा सञ्चालन गरिएको कालङ्गा हाइड्रो पावरको काम तिब्र रुपमा अघाडि बढि रहेको छ । तीन बर्ष भित्र काम पूरा गरि बिद्युत बितरण गर्ने लक्ष्य लिएर २०७३ चैत्र ८ गतेबाट हाइड्रो पावरको काम सुरु गरेको भए पनि बिश्वरभर फैलिएको कोरोना भाईसर कोभिड १९ का कारण देशमा लकडाउन भएसँगै स्थानीयको अरोधका कारण लक्ष्य भन्दा चार महिना ढिलो सम्पन हुन लागेको सञ्चालन समितिका पदाअधिकारीको भनाई रहेको छ । स्वदेशी लगानी स्वदेशी प्रबिधीको सहयोगमा संञ्चालन हुन लागेको कालङ्गा हाइड्रो पावरको काम हामी चार महिना भित्रै पुरा गर्ने संञ्चालक समितिका सदस्य शिब घिमिरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ हाइड्रो पावरको काम अहिले ९२ प्रतिशत सम्पन भई सकेको छ , हामी बुगल क्षेत्रमा मात्र ६५ मेगावाट विद्युत उत्पादन गर्दै छौ । कालङ्गा हाईडोपावरको क्षमता ६५.३३ मेगावाट हो । सबै भन्दा अप्ठायारो काम सुरुङ्गमार्ग भए पनि साढे तीन किलो मिटर सुरुङ्गमार्गको काम पूरा भई नहर पावर हाउसको घर र बाँध समेत पूरा भएको छ ।”

विद्युत उत्पादन गरेर सुदूरपश्चिका ९ जिल्ला र ६ नम्वर प्रदेशमा समेत ६५ मेगावाट विद्युत उत्पादज गरी वितरण गरेर विकास निमार्णमा टेवा पु-याउने हाम्रो लक्ष्य पूरा हुन लाग्दा निकै खुशी लागेको अर्का संञ्चालक तिर्थराज चटौतले बताउनुभयो ।

उहाँले भन्नुभयो, काम गर्ने निकै गाह्रो, कहिले बाढि, झरि, हिमपात कहिले स्थानीयले हाइड्रो पावर सम्बन्धी अबुझका कारण अबरोध गर्दा बिभिन्न समस्या झेल्नु परेको छ । कम्पनीमा काम गर्ने दक्ष अर्धदक्ष र प्राविधिक गरि जिल्ला बाहिर र भित्रका गरि अहिले ५ सय जना भन्दा बढिले काम गरि रहेको छ ।

निजि लगानी बाट संञ्चालीत कालङ्गा हाइड्रो पावरको मात्र कुल लगात दुइ सय ८० करोड रहेको र त्यस मध्य २५ प्रतिशत ब्यक्ति र अन्य ७५ प्रतिशत माच्छापुच्छे बैक , एनएनबि बैक, सिबिल बैक लगाएतको लगानी रहेको छ । सुदूरपश्चिम प्रदेशको सबै भन्दा ठुलो कालङ्गा हाईडोपावरले बुंगलको सानीगाड,अपरकालङ्गा, बुगल हाईडो गरि ६५ मेगावाट विद्युत उत्पादन गर्दै छ ।