कावेली बी–१ अन्तिम चरणमा

1783

काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले अघि बढाएको २५ मेगावाटको काबेली बी १ निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी माघ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइरहेको अरुण काबेली पावर लिमिटेडको आठौं बार्षिक साधारसभाका अवसरमा जानकारी दिइएको छ ।

पाँचथर र ताप्लेजुङमा सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत परियोजना निर्माण भइरहेको छ ।
आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्ला साविकको अमरपुर गा.वि.स. स्थित अमरपुर सबस्टेसनमा जडान गरी विद्युत आपूर्ति गर्ने गरी सम्झौता भएको छ ।
आयोजनामा हाईड्रोमेकानिकल कार्यअन्र्तगत पेनस्टक पाईप, गेट निर्माण तथा जडान, ईलोक्टोमेकानिकल तथा स्विचिङ्ग सवस्टेशनमा लाग्ने मेशिनहरु जडान कार्य सम्पन्न भएको छ ।

साधारण सभाका अवसरमा आर्थिक वर्ष २०७३/७४ तथा आ.व. २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ ।

स्रोत : क्यापिटल नेपाल