जुम्दी हाइड्रोपावरको काम शुरू

    1288

    माघ २५, गुल्मी । जुम्दी जलविद्युत् आयोजनाको काम शुरु भएको छ । स्थानीय बासिन्दाको ६ करोडसहित किष्ट बैङ्क र अन्यको गरी कुल ३० करोडको लागतमा सो आयोजनाको निर्माण थालिएको हो । हसरा गाविस–४ र ६ मा पर्ने जुम्दीखोलामा बन्ने सो आयोजनाबाट १ दशमलव ७५ मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ । २०६५ सालमा दर्ता भएको सो आयोजना निर्माणमा ढिलाइ गरे दर्ता रद्द गर्ने सरकारको चेतावनीपछि करीब ५ वर्षपछि शुरु भएको स्थानीय बासिन्दाले बताए ।

    प्रस्तुति:  रासस