Foreign investment increased by five time in Energy sector

    1200

    Last year, Foreign Investment is increased highly in Nepal’s energy sector . This sector receive  five time more commitment  on foreign direct investment.

    FDI_Fly९ भदौ काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको उर्जा क्षेत्रमा विदेशी लगानीकर्ताहरुको चासो अत्यधिक बढेको छ । यो क्षेत्रमा आर्थिक वर्ष २०६९/०७०को तुलनामा आव २०७०/०७१ मा पाँच गुणा बढी वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आव २०७०/०७१ मा १० परियोजनाका लागि ११ अर्ब १८ करोड ६ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । यो कूल वैलेशिक लगानी प्रतिवद्धताको आधाभन्दा बढी हो । गत वर्ष कूल २० अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशशिक लगानीको प्रतिवद्धता भएको थियो ।

    गत वर्ष उर्जा क्षेत्रमा आएको लगानीको प्रतिवद्धतासँगै ९ सय ३९ जनाले रोजगार पाउने प्रस्ताव गरिएको छ । अघिल्लो वर्ष ६ परियोजनामा ४ सय ८ जनाले रोजगारी पाउने प्रस्तावसहित २ अर्ब ७५ करोड ५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको थियो ।
    सेवा, उत्पादनमुल र पर्यटन क्षेत्रमा घट्यो ।

    त्यसैगरी गत वर्ष सेवामुलक, उत्पादनमुलक, निर्माण, खानीजन्य, पर्यटन क्षेत्रमा वैदेशिक लगानीको प्रतिवद्धता घटेको छ ।

    गत वर्ष सेवामुलक क्षेत्रका १ सय ६ आयोजनाका लागि ४ अर्ब ४७ करोड २ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । यी आयोजना सम्पन्न भए ३४ सय ९४ जनाले रोजगारी पाउनेछन् । अघिल्लो वर्ष ८९ आयोजनाका लागि ७ अर्ब ५४ करोड ४ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको थियो । ति आयोजना बन्दा ४५ सय ९४ जनाले रोजगारी पाउने प्रस्ताव थियो ।

    त्यसैगरी अघिल्लो वर्ष ८४ आयोजनाका लागि ४ अर्ब पाँच करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको उत्पादनमुलक क्षेत्रमा गत वर्ष ४४ आयोजनाका लागि १ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

    त्यस्तै अघिल्लो वर्ष ८९ आयोजनाका लागि ३ अर्ब ९७ करोड रुपैयाँको प्रतिवद्धता आएको पर्यटन क्षेत्रमा गत वर्ष ८७ आयोजनाका लागि १ अबर्त्र ३० करोड रुपैयाँ मात्रै लगानीको प्रतिवद्धता आएको छ ।

    अघिल्लो वर्ष १ आयोजनाका लागि १० करोड रुपैयाँको प्रतिवद्धता आएको निर्माण क्षेत्रमा गत वर्ष एक रुपैयाँको पनि प्रतिवद्धता आएन ।

    अघिल्लो वर्ष ५ आयोजनाका लागि ५९ करोड रुपैयाँ प्रतिवद्धता आएकोमा गत वर्ष ११ आयोजनाका लागि २८ अर्ब रुपैयाँ मात्रै प्रतिवद्धता आएको छ ।

    Source : Online Khabar