Construction of Rahughat Hydro adit tunnel stated

    1348

    Babiyachour (Myagdi), Rahughat Hydroelectric Project with 32 MW capacity stated adit tunnel construction from three faces.

     

    राहुघाटको सुरुङ मार्ग निर्माण सुरु

    Raghughatबाबियाचौर (म्याग्दी)- बत्तीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण सुरु भएको छ। तीन ठाउँबाट सुरुङ खन्ने योजनाअनुसार पिप्ले तिल्केनीचौरको अडिट नं ३ बाट सुरुङको प्रवेशमार्ग खन्ने काम सुरु भएको आयोजनाका उपनिर्देशक मणि काफ्लेले बताए। 

    काफ्लेका अनुसार ठेकेदार कम्पनी आइभिआरसिएलले पिप्ले र बाँध रहने ठाउँबाट पनि बर्खा सकिएलगत्तै सुरुङ खन्ने तयारी गरेको छ। रन अफ द प्रकृतिको आयोजनाको छ किलोमिटर लामो सुरुङ रहने जनाइएको छ।  

    नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको राहुघाट आयोजनाको सिभिल निर्माणका लागि रु दुई अर्ब ५० करोडमा भारतीय कम्पनी आइभिआरसिएलसँग २०६७ कात्तिकमा सम्झौता भएको थियो। 

    उक्त कम्पनीसँग राहुघाट जलविद्युत् आयोजनाको १२ किलोमिटर प्रवेशमार्ग निर्माण, ६.१५ किलोमिटर टनेल, विद्युत् गृह, ड्यामलगायतका सिभिल इन्जिनियरिङसम्बन्धी काम गर्न सम्झौता भएको हो। १२ किलोमिटर प्रवेशमार्गमध्ये करिब एक किलोमिटरबाहेक बाँकीको ट्र्याक खोल्ने काम सकिएको छ। 

     भारतको एक्जिम बैंकको ३१ मिलियन डलर सहुलियत ऋण र बाँकी नेपाल विद्युत् प्राधिकरणको गरी छ करोड ७० लाख डलर कुल लागतमा राहुघाट निर्माण हुन लागेको हो। दग्नाम र झीँ गाविसको सिमानामा १८ मिटर उचाइको बाँध रहने पिप्ले–२ तिल्केनीचौरमा विद्युत् गृह रहने जनाइएको छ। 

    Source : Nagarik News