सञ्चयकर्तालाई फाइदै फाइदा, रसुवागढीको एक अर्ब ६४ करोढ बढीको साधारण सेयर आउँदै

    1432
    आइतबार, ०२ पुष २०७४

     काठमाडौँ – चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी जलविद्युत् आयोजनाले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

    कम्पनीले पहिलो चरणमा संचय कोषका सञ्चयकर्ता, सञ्चय कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी रु १ अर्ब ६४ करोड २१ लाख ४ बराबरको साधारण सेयर निस्काशन गर्ने तयाराी गरिएको छ । त्यो भनेको १ करोड ६४ लाख २१ हजार कित्ता साधारण सेयर हो ।

    यसै  महिनाभित्र अन्तिमसम्म साधारण सेयर निस्काशन गर्ने तयारी भइरहको आयोजनाका प्रमुख माधव कोइरालाले बताए ।

    कम्पनीले  दोस्रो चरणमा आयोजना प्रभावितलाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै रु १ अर्ब ७५ करोड आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ ।

    कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।

    स्रोत:अर्थसंसार