भूकम्पले क्षतिग्रस्त जलविद्युत् अझै बनेनन्

    1422

    सिन्धुपाल्चोकः भूकम्प र बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकका अधिकांश जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन् । लगातार प्राकृतिक अवरोध भइरहेकाले भोटेकोसी तटीय क्षेत्रका जलविद्युत् आयोजना तंग्रिन नसकेका हुन् । भूकम्पले जिल्लाभर करिब ७२ मेगावाट क्षमका आयोजनाको उत्पादन  बन्द भएको थियो । ती आयोजनाको करोडौं रुपैंयाँ बराबरको नोक्सानी भएको थियो ।

    उत्पादन भइरहेका ४५ मेगावाटको भोटेकोसी, १०.५ मेगावाटको सुनकोसी, ६.५ मेगावाटको पुरानो चाकु, ३.५ मेगावाटको भैरवकुण्ड, ३.२ मेगावाटको बराम्ची, ३ मेगावाटको सुनकोसी, १ मेगावाटको माथिल्लो हाँडीखोलालगायतका आयोजनाको उत्पादन बन्द भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

    दुई वर्षअघि आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको चाकु ‘ए’ हाइड्रोपावर आयोजनाले अझै उत्पादन थाल्न सकेको छैन । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएकै कारण अझै उत्पादन सुरु गर्न नसकेको हो ।भूकम्पले पु¥याएको क्षतिको मर्मत नसक्दै गत वर्षको भोटेकोसी बाढीले संरचना भत्काउँदा आयोजनाले गति लिन नसक्दा लक्ष्य नभेटेको हो । यो आयोजना २०७२ भित्रै निर्माण सक्ने लक्ष्यमा थियो ।

    भोटेकोसी करिडोरअन्र्तगत शिवश्री हाइड्रोपावरले निर्माण गरिरहेको २२.२ मेगावटको चाकु ‘ए’ आयोजना अभैm पनि मर्मतमै छ ।भोटेकोसी गाउ“पालिकास्थित मार्मिङ ह्याङ्लेमा छ्यादी खोलाको तटीय क्षेत्रमा रहेको लाफिङ बुद्ध हाइड्रोपावर पनि अवस्था अझै उस्तै छ ।

    विभिन्न विपत्तिले आयोजनामा क्षति पु¥याएपछि मर्मत गरिरहेको यो हाइड्रो पनि बन्ने र भत्कने भइरहेको हो । झण्डै डेढ  महिनाअघि अविरल वर्षाका कारण स्थानीय छ्यादी खोलामा आएको बाढीले आयोजना तहसनहस बनाएको थियो । बाढीले हाइड्रोपावर कम्पनीको पेनस्टेट पाइप फुटाएको थियो । आयोजनाकाअनुसार बाढीले अन्य क्षति पु¥याउनुका साथै ३० वटा पेनस्टक पाइप बगाएको थियो ।

    भूकम्प, बाढी र पहिरोले वर्षैपिच्छे अवरोध बेहोर्दै आएकाले लाफिङ बुद्ध हाइड्रोमा मर्मतकार्यले गति लिन नसकेको कम्पनीका निर्देशक खुमा अर्यालले बताउँछन् । “पूरा निर्माण हुन झण्ड्रै तीन÷चार महिना लाग्नेछ, मर्मतको काम भने भइरहेको छ,” उनले भने, “हेडवक्र्सस्थलसम्म पुग्ने कच्ची सडक एक्जाभेटरद्वारा खुलाएर मर्मतको बाटो खुल्यो ।”

    उनका अनुसार बाढीले पु¥याएको क्षतिको मर्मत गर्नका लागि प्रारम्भिक अनुमान नै ३ करोडभन्दा बढी लाग्छ । मर्मतका समयमा निर्माण कार्यमा विभिन्न बाधा भएकाले पनि सम्पन्न हुन निकै कठिनाइ भएको उनले सुनाए । भूकम्पले जमीन हल्लाएपछि अविरल वर्षाका कारण सुख्खा पहिरो खसिरहने समस्या हुँदा समयमै मर्मत कार्य हुन नसकेको हो । अपर, मिडिल र लोअर गरी तीन शाखा भएको यस हाइड्रोपावरको जम्मा साढे ६ मेगावाट विद्युत् क्षमता छ ।

    विपत्तिकै कारण समयमै निर्माण नसकेको र अझै पनि क्षति भएका संरचनाको मर्मत गर्नुपरेकाले चाकु ‘ए’ ले लक्ष्य भेट्न नसकेको शिवश्री हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक उमेश कसजूले जानकारी दिए । “लामो समय बन्द रहेको आयोजनाको आगामी माघसम्म सम्पन्न गरिसक्ने अर्काे लक्ष्य लिएका छौं,” उनले भने, “बर्खापछि विपत्तिले आयोजनाको कार्यलाई केही सुस्त बनाएको थियो ।”

    पहिरोको जोखिममा रहेको चाकु ‘ए’मा गत वर्ष धेरै समय कामदारसमेत डरले काममा आएका थिएनन् । वर्षैपिच्छे विपत्ति भोगिरहेका तटीय क्षेत्रका आयोजना निरुत्साहित ह“ुदै गएको कसजूले सुनाए । “भोटेकोशी र सुनकोशी आसपास रहेका आयोजना सबैमा क्षति पुगेको छ,” उनले भने, “केहीले मर्मत गरेर उत्पादन दिएपनि अधिकांश आयोजना अझै तंग्रिन सकेका छैनन् ।”

    इन्द्रावती तेस्रोमा सामान्य क्षति पुगेको थियो । सवैभन्दा बढी क्षति भोटेकोसीमा पुगेको थियो । १०.५ मेगावाटको सुनकोसीको नहर फुटेकाले मर्मत गरिएको थियो । निर्माणाधिन १ सय २ मेगावाटको मध्यभाटेकोसी, २२ मेगावाटको अपर चाकुको प्रवेश सडक तथा टनेललाई क्षति पुगेको थियो ।

    पुरानो चाकु, भैरवकुण्ड, एनआरएनको लगानी रहेको सुनकोसीलगायत जिल्लाका सवै विद्युत् आयोजनामा क्षति पुग्दा जिल्लामा विद्युत् आपुर्ति बन्द थियो । यी आयोजनाले करोडौं रुपैयाँ खर्चेर क्षति पुगेको संरचना मर्मत गरेका थिए ।

    स्रोत:कारोबार